विज्ञापन

'भित्रियो वर्षा र हिमपात गराउने प्रणाली'

काठमाडौं । जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले साँझदेखि देशका अधिकांश स्थानमा हिमपात र वर्षा हुनसक्ने जनाएको छ । विभागका अनुसार पश्चिमी न्यून चापीय प्रणालीका कारण आज साँझदेखि देशका धेरै स्थानमा आंशिकदेखि साधारणतया बदलीको सम्भावना छ ।

विज्ञापन

विभागले उक्त प्रणालीका कारण शुक्रबार अपराह्नदेखि शनिबारसम्म सुदूरपश्चिम र कर्णाली प्रदेशका उच्च पहाडी तथा हिमाली भू-भागका अधिकांश स्थान हल्का हिमपात हुने जनाएको छ । बाँकी प्रदेशका उच्च पहाडी तथा हिमाली भू-भागका केही स्थानमा हल्का हिमपातको सम्भावना रहेको जनाएको छ । सुदूरपश्चिम, कर्णाली र लुम्बिनी प्रदेशका भूभागमा हल्का वर्षा हुने विभागको भनाइ छ ।

विज्ञापन

शनिबार पनि देशका अधिकांश स्थानमा हल्लका वर्षाको सम्भावना रहेको छ । ‘वर्षा, हिमपात तथा चिसोका कारण दैनिक जनजीवन, स्वास्थ्य, पर्वतारोहण, हवाई यातायातलगायत दैनिक जनजीवनमा समेत असर पर्न सक्ने देखिएकोले आवश्यक सतर्कता तथा पूर्व तयारी अपनाउन महाशाखाले सबैमा अनुरोध गरेको छ,’ विभागले जारी गरेको बुलेटिनमा उल्लेख छ ।

प्रतिक्रया दिनुहोस

थप अन्य समाचारहरू

काठमाडौं शिक्षा क्याम्पसद्वारा आफ्नो ३५ औं स्थापना दिवस भव्यरूपमा सम्पन्न

थानकोटबाट हराईरहेका ११ वर्षीय समीर कडायत भेटियो

पाचौं ब्राइट फ्युचर एसइई कप फुटसल प्रतियोगिताको उपाधी विल्सन एकेडेमीलाई

थानकोट बस्ने ११ वर्षीय समीर कडायत सम्पर्क विहिन

काठमाडौं शिक्षा क्याम्पसले ३५ औं स्थापना दिवस मनाउँदै : मुख्यमन्त्री ईन्द्रबहादुर बानियाँद्वारा उट्घाटन

अब ट्राफिक प्रहरीले लाइसेन्स, ब्लुबुक र चाबी नियन्त्रणमा लिन नपाउने

सरकारले ट्रेड युनियन अधिकार खारेज गर्न सक्दैनः योगेन्द्र कुँवर

शंखमुल र बुद्धनगर क्षेत्रका अनधिकृत संरचनामाथि चलायो डोजर