विज्ञापन

'मध्यपुर महोत्सव सुरु : महोत्वसमा नेवारी कला, संस्कृति र स्थानीय उत्पादन प्रदर्शन'

भक्तपुर मध्यपुर ठिमी नगरपालिकाले मध्यपुर ठिमी महोत्वस सुरु गरेको छ । शुक्रबारबाट सुरु भएको महोत्वस आइतबारसम्म चल्नेछ ।  स्थानीय उत्पादन, कला, संस्कृतिलाई प्रवर्द्धन गर्ने उद्देश्यले सुरु गरिएको महोत्वस मध्यपुर ठिमीको कोर क्षेत्रसहित नगदेशका भित्री सहरमा विशेष कार्यक्रम आयोजना गरिएका छन् ।

विज्ञापन

स्टलमा विशेष प्रकार नेवारी खाना राखिएका छन् । त्यसबाहेक सहरका भित्री चोकमा ७५० वटा नेवारी संस्कृति झल्किने स्मारक, १५० वटा अमूर्त सम्पदा राखिएका छन् । त्यस्तै, २५ भन्दा धेरै चोकमा स्थानीय बाजासहितको सांस्कृतिक झाँकी, नृत्य, भजन, गीत प्रदर्शन गरिएका छन् ।

विज्ञापन

नगरपालिकाका सूचना अधिकारी सेशव सिलवालले मध्यपुर ठिमीको ठेट नेवारी कला, संस्कृति र उत्पादनलाई प्रवर्द्धन गर्ने उद्देश्यले महोत्वस आयोजना गरिएको बताए । उनले भने, ‘मध्यपुर ठिमी नेवार समुदायको सहर हो । यहाँ विभिन्न कला, संस्कृति छन् । बाजा छन् । परम्परागत सीप छन् । उत्पादनहरू छन् । त्यसलाई प्रवर्द्धन गर्नु महोत्वसको उद्देश्य हो । महोत्वस तीन दिनसम्म चल्नेछ ।’

नगरपालिकाका अनुसार स्टलमा माटो तथा सेरामिक्सबाट बनेका माटोका भाँडा, हस्तकला, गेडागुडी, किराँत र लिच्छविकालीन १५३ मुलुकका मुद्रा, बुद्धको अस्तु पनि राखिएका छन् । स्थानीय रूपमा उत्पादन हुने मदिरा, तोरीको तेल, परम्परागत खेल, हाकुपटासीलगायतका उत्पादन पनि राखिएका छन् । त्यस्तै, जन्मदेखि मृत्युसम्मका विभिन्न नेवारी संस्कार, जिब्रो छेड्ने जात्रा, बिस्केट जात्रा, अबिर जात्रा,  व्रतबन्ध, बेलविवाह पनि महोत्वसमा प्रदर्शन गरिएका छन् ।

प्रतिक्रया दिनुहोस

थप अन्य समाचारहरू

काठमाडौं शिक्षा क्याम्पसद्वारा आफ्नो ३५ औं स्थापना दिवस भव्यरूपमा सम्पन्न

थानकोटबाट हराईरहेका ११ वर्षीय समीर कडायत भेटियो

पाचौं ब्राइट फ्युचर एसइई कप फुटसल प्रतियोगिताको उपाधी विल्सन एकेडेमीलाई

थानकोट बस्ने ११ वर्षीय समीर कडायत सम्पर्क विहिन

काठमाडौं शिक्षा क्याम्पसले ३५ औं स्थापना दिवस मनाउँदै : मुख्यमन्त्री ईन्द्रबहादुर बानियाँद्वारा उट्घाटन

अब ट्राफिक प्रहरीले लाइसेन्स, ब्लुबुक र चाबी नियन्त्रणमा लिन नपाउने

सरकारले ट्रेड युनियन अधिकार खारेज गर्न सक्दैनः योगेन्द्र कुँवर

शंखमुल र बुद्धनगर क्षेत्रका अनधिकृत संरचनामाथि चलायो डोजर