विज्ञापन
No data was found

'नेपाल जुनियर इन्टरनेशनल सिरिज २०२४: जुनियर तर्फ पनि नेपालको प्रदर्शन निराशाजनक'

काठमाडौं । नेपाल ब्याडमिन्टन संघको आयोजनामा भएको योनेक्स सनराईज नेपाल जुनियर इन्टरनेशनल सिरिज २०२४ मा पनि नेपाली खेलाडीहरुले उत्साहजनक प्रदर्शन गर्न सकेनन् ।

विज्ञापन

योनेक्स सनराईज, सिंगापुरको मुख्य प्रायोजनमा भएको प्रतियोगिताको पहिलो दिन मिक्स युगलको राउण्ड अफ ३२ मा नेपालका कविर महर्जन र रिहान शेरचन भारतका खेलाडी योगांश सिंह र बर्ण प्रभु आनन्द संग पराजित भए । सिंह र आनन्को जोडीले २१–१४, २१–१५ को जित हात पारेका थिए ।

विज्ञापन

यस्तै पुरुष एकल तर्फ पनि नेपाली खेलाडीहरुको प्रदर्शन बिर्सन लायक भयो । एकल तर्फ नेपाली खेलाडी सक्षम ढकाल भारतका खेलाडी ध्यान सन्तोष संग २१–८, २१–८ को समान अन्तरमा परातिज भए । यसैगरि सुबिन श्रेष्ठ (बी) भारतका अंश नेगी संग २१–१०, २१–१२, सुप्रिम पन्त भारतकै साइ रिसवन्त लाडे संग २१–१६, २१–१७, कविर के.सी. भारतका दिपांशु संग २१–१६, २१–१५ ले पराजित भए ।

त्रिपुरेश्वरस्थित कभर्डहलमा भएको प्रतियोगिताको महिला एकल राउण्ड अफ ३२ मा रक्षा फगामीले पहिलो सेट जितेर केहि खुसी बाँट्न खोजेकी थिईन् तर दोश्रो र तेश्रो सेटमा सम्हालिन नसक्दा पराजयको सामना गर्न पुगिन् । रक्षा बंगलादेशकी जरिना इकवाल मोहना संग १८–२१, २१–१२, २१–७ ले पराजित भइन् । यस्तै स्वर्लिन श्रेष्ठ भारतकी हसिनी बर्मा कोन्दुरु संग २१–१२, २१–७, रिहाना शेरचन भारतकी दिया भिमैया संग २१–८, २१–९, श्रीया बज्राचार्य भारतकी बरुनी पर्सवालसंग २१–६, २१–१३ पराजित भए । राउण्ड अफ १६ मा रहेकी दिलाशा राना थाईल्याण्डकी पिमचानोक सुत्तीविरियाकुलसंग २१–१२, २१–६, निभा राई भारतकी इशिता नेगी संग २१–६, २१–८, टिशा रानी शाक्य थाईल्याण्डकी पिराया वेचावाङ्गसंग २१–९, २१–४ ले पराजित भए ।

पुरुष युगल तर्फ अरुण अधिकारी र सौर्य महर्जनको जोडी भारतका भाब्य चाबरा र परम चौधरीको जोडी संग २१–११, २१–१० र कविर के.सी. र सुविन श्रेष्ठ (बी) को जोडी भारतकै सी.लालरामसंग र सौरभ साउ संग २१–१०, २१–१९ ले पराजित हुन पुगे ।

महिला युगल तर्फ दिलाशा राना र रिहाना शेरचनको जोडी भारतका अक्षिता मनरल र बर्ण प्रभु आनन्द संग २१–१०, २१–१० को समान अन्तरमा पराजित हुन पुगे । यसैगरि रक्षा फगामी र आस्ना श्रेष्ठको जोडी पनि भारतका खेलाडी संग पराजित भए । भारतका इशिता नेगी र भान्सिका ठाकुरको जोडी संग २१–६, २१–५ तथा श्रीया बज्राचार्य र निभा राईको जोडी थाईल्याण्डका सुनिशा लेकजुरा तथा अनन्या नापालाई संग २१–११, २१–५ ले पराजित भए ।

तीन दिने सिरिजमा नेपाल सहित भारत, न्युजिल्याण्ड, मलेशिया, थाईल्याण्ड, ईरान, युनाईटेड अरव ईमिरेट्सका खेलाडीहरुको सहभागिता रहेका छ ।

सिरिजमा पुरुष÷महिला एकल तथा युगल र मिक्स युगल गरि ५ विधामा ९९ खेलाडीहरुले प्रतिस्पर्धा गरिरहेका छन् । जसमा नेपाली ८ महिला र ८ पुरुष खेलाडीको सहभागिता रहेको छ । पुरुष एकलमा ३२ जना, महिला एकलमा २१ जना, मिक्स युगलमा १७ जोडी, पुरुष युगलमा १८ जोडी र महिला युगलमा १२ जोडीले प्रतिस्पर्धा गर्दैछन् ।

प्रतिक्रया दिनुहोस

थप अन्य समाचारहरू

रास्वपा काठमाडौँ क्षेत्र नं. ९ का उम्मेदवार डीपीकाे चुनावी वाचापत्र सार्वजनिक

रवि लामिछानेको मुद्दा तत्काल फिर्ता नगर्ने कास्की अदालतको आदेश

रास्वपा झापा क्षेत्र नं. ५ का क्षेत्रीय परिषद् सदस्य भरत खनाल एमालेमा प्रवेश

नेवाः देय् दबू जामाच्व नगर समितिको शुभकामना तथा वडा समिति विस्तार कार्यक्रम सम्पन्न

नवीन दृष्टिकोण तथा नीतिगत स्पष्टताको खोजी गर्दै राजनीतिमा एउटा युवा : को हुन् प्रशान्त उप्रेती ?

मतदान केन्द्र र सुरक्षा अनुगमन घुम्ती टोलीमा खटिने कर्मचारीको दैनिक भत्ता २५ सय सम्म

निर्वाचन १७ दिन बाँकी : आजदेखि निर्वाचन प्रचार–प्रसार गर्न पाइने

चन्द्रागिरि साहित्य समाजद्वारा पाँच स्रष्टा सम्मानित, कविता प्रतियोगिताका पाँच विद्यार्थी पुरस्कृत