विज्ञापन
No data was found

'नागरिक एपमा नयाँ फिचर: एआई, क्यूआर स्क्यानदेखि राष्ट्रिय परिचयपत्र प्रमाणीकरणसम्म'

काठमाडौं । सरकारी सेवालाई नागरिकको पहुँचमा सहज बनाउने उद्देश्यले विकास गरिएको नागरिक एपमा थुप्रै नयाँ फिचर थपिएका छन् । सूचना प्रविधि विभागले हालै राजधानीमा एक कार्यक्रम आयोजना गरी एपमा थपिएका नयाँ विशेषता सार्वजनिक गरेको हो ।

विज्ञापन

विभागका नागरिक एप रिसर्च एन्ड डेभलपमेन्ट प्रोजेक्ट मेनेजर सन्तोष अर्यालले एपमा राष्ट्रिय परिचयपत्र प्रमाणीकरण, लोकसेवा आयोग सेवाको इन्टिग्रेसन, सुरक्षित पहिचानका लागि नागरिक पहिचान द्वारको स्तरोन्नति, आर्टिफिसियल इन्टेलिजेन्स (एआई)मा आधारित फोटो प्रमाणीकरण जस्ता सेवा थपिएको बताए । उनका अनुसार अहिले नागरिक एपमा भेरिफिकेसनका लागि आउने सबै फोटो एआईले नै विश्लेषण गर्छ । फोटो माग गरे अनुसारको नभएमा एआईले नै रद्द गर्छ ।

विज्ञापन

त्यस्तै नागरिक एपको वेब पोर्टललाई पनि एप जस्तै काम गर्न सक्ने बनाइएको अर्यालले जानकारी दिए । खासगरी अकाउन्ट सिङ्क हुने, इन्टरफेस मिल्ने र मोबाइल एप जस्तै काम गर्नेगरी वेब पोर्टलको स्तरोन्नती गरिएको हो ।

त्यसैगरी बागमती प्रदेश अन्तर्गतका सबै सचारी चालक अनुमति पत्रका लागि नयाँ दर्ता र नवीकरणको सुविधा मिलाइएको उनले सुनाए । विभागले नागरिक एपलाई थप सहज र उपयोगी बनाउन निरन्तर प्रयासरत रहेको र आगामी दिनमा यस एपले नागरिकलाई सरकारी सेवा प्राप्त गर्न अझ बढी सहजता प्रदान गर्ने विश्वास लिएको छ ।

प्रतिक्रया दिनुहोस

थप अन्य समाचारहरू

देउवा दम्पतीविरुद्ध पक्राउ पुर्जी जारी

अमेरिका–इरान युद्ध दुई हप्ताको लागि रोकियो, होर्मुज पनि खोल्ने सहमति

चन्द्रागिरिमा धार्मिक अभियन्ता महतमाथि सांघातिक आक्रमण

पेट्रोलियम पदार्थको संकट : घरबाटै काम गर्न सरकारको आह्वान

सर्वोच्च अदालतद्वारा ओली र लेखकलाई हिरासतमुक्त गर्न आदेश

डिएसपी एलिजा गिरीको चन्द्रागिरि कार्यकाल : जटिल परिस्थितिमा उच्च साहस प्रदर्शन

कवि कविता र कफि कार्यक्रम सम्पन्न

नेपालभाषाविद् चित्रकार रहेनन्‌