विज्ञापन
No data was found

'थानकोट प्रहरी वृत्तमा डिएसपी गिरीले आजदेखि कमान्ड सम्हाल्दै, सुर्य सुवेदीले जाँदाजाँदै भने- “थ्याँक्यु चन्द्रागिरी”'

काठमाडौँ । थानकोट प्रहरी वृत्तमा नयाँ डिएसपी एलिजा गिरीले आजदेखी कमान्ड सम्हाल्दै छिन् भने पूर्व कार्यालय प्रमुख डिएसपी सुर्य प्रसाद सुवेदी सिन्धुली सरुवा हुने भएका छन् ।

विज्ञापन

प्रहरी प्रधान कार्यालयले गत हप्ता १२१ जना प्रहरी नायब उपरीक्षक (डीएसपी) को सरुवा गरेकोमा थानकोट प्रहरी वृत्तको जिम्मेवारी सम्हाल्न एलिजा गिरी आउन लागेकी हुन् । त्यस्तै, गत वर्षको चैत्र १२ गतेदेखि थानकोट वृत्तको कमान्ड सम्हाल्दै आएका डिएसपी सुर्य प्रसाद सुवेदी सरुवा भइ सिन्धुली जान लागेका हुन् ।

विज्ञापन

विगत १३ महिनादेखि थानकोट प्रहरी वृत्तको जिम्मेवारी सम्हाल्दै आएका सुवेदीले आफ्नो कार्यकालमा चन्द्रागिरि नगरपालिकाको आन्तरिक मानवीय पक्ष एवं यो क्षेत्रको सामाजिक जीवनबाट आफू निक्कै प्रभावित भएको बताएका छन् ।

सिन्धुली सरुवा भइ जान लागेका डिएसपी सुवेदीले शोणितपुरसँग कुरा गर्दै आफ्नो कार्यकालमा थानकोट लगायत चन्द्रागिरि नगरपालिकामा बसोबास गर्ने स्थानीय बासिन्दा, विभिन्न राजनीतिक दलका प्रतिनिधि, सामाजिक संघ,संस्था र स्थानीय सरकारका प्रतिनिधिहरू तथा प्रहरी प्रहरी वृत्त थानकोटमा कार्यरत सम्पूर्ण प्रहरी साथीहरूलाई साथ र सहयोगका लागि “थ्यान्क्यु” धन्यवाद भनेका छन् ।

डिएसपी सुर्य सुवेदीको १३ महिने कार्यकाल समग्रमा सफल रहेको मानिएको छ । त्यस्तै, नयाँ जिम्मेवारीमा आउन लागेका एलिजा गिरी थानकोट प्रहरी वृत्तका लागि महिला कमान्डरका रूपमा पहिलो महिला प्रमुख मानिएकी छिन् ।

यसअघि जिल्ला प्रहरी परिसर काठमाडौंमा केही समय प्रवक्ताको जिम्मेवारीमा रहेकी एलिजा गिरीको कार्य सम्पादन अब्बल रहेको मुल्यांकन छ । त्यस्तै, जिल्ला प्रहरी कार्यालय रौतहटमा रहेर कार्य गरेकी उनले इन्स्पेक्टर रहँदा कोटेश्वर प्रभाग प्रमुखका रुपमा आफ्नो कार्य कुशलता प्रदर्शन गरिसकेकी छिन् ।

प्रतिक्रया दिनुहोस

थप अन्य समाचारहरू

देउवा दम्पतीविरुद्ध पक्राउ पुर्जी जारी

अमेरिका–इरान युद्ध दुई हप्ताको लागि रोकियो, होर्मुज पनि खोल्ने सहमति

चन्द्रागिरिमा धार्मिक अभियन्ता महतमाथि सांघातिक आक्रमण

पेट्रोलियम पदार्थको संकट : घरबाटै काम गर्न सरकारको आह्वान

सर्वोच्च अदालतद्वारा ओली र लेखकलाई हिरासतमुक्त गर्न आदेश

डिएसपी एलिजा गिरीको चन्द्रागिरि कार्यकाल : जटिल परिस्थितिमा उच्च साहस प्रदर्शन

कवि कविता र कफि कार्यक्रम सम्पन्न

नेपालभाषाविद् चित्रकार रहेनन्‌