काठमाडौं । सेवाग्राहीसँग ३० हजार रुपैयाँ घुस लिएको अभियोगमा रुपन्देहीको दुर्गौलिया प्रहरी चौकीमा कार्यरत प्रहरी नायब निरीक्षक खिम बहादुर खड्काविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालत काठमाडौंमा आरोपपत्र दायर गरेको छ।
विज्ञापन
भारतबाट भन्सार छली गरी घरेलु प्रयोजनका सामान ल्याउन सहजीकरण गरिदिने भन्दै सेवाग्राहीसँग ३० हजार रुपैयाँ घुस रकम लिइसकेको अवस्थामा रंगेहात पक्राउ गरेको थियो।
विज्ञापन
प्रारम्भिक अनुसन्धानपछि खड्काले घुस मागी लिएको पुष्टि भएपछि आयोगले भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३९१० अनुसार बिगो ३० हजार रुपैयाँ कायम गरी कैद र जरिवानाको मागदाबीसहित विशेष अदालतमा आरोपपत्र दर्ता गरेको हो।
आयोगका प्रवक्ता राजेन्द्र कुमार पौडेलका अनुसार उक्त मुद्दामा कैद सजाय र बिगोअनुसार जरिवानाको माग गरिएको छ।