काठमाडौं । काठमाडौं जिल्ला खेलकुद विकास समितिले राष्ट्रपति रनिङ शिल्ड खेलाडी छनौट प्रक्रियाका लागि पत्राचार गरेको छ ।
समितिको पत्राचार अनुसार ११ वटै स्थानिय निकायहरू, काठमाण्डौ महानगरपालिका, शंखरापुर नगरपालिका,कागेश्वरी मनोहरा नगरपालिका, गोकर्णेश्वर नगरपालिका, बुढानिलकण्ठ नगरपालिका, टोखा नगरपालिका, तारकेश्वर नगरपालिका, नागार्जुन नगरपालिका, चन्द्रागिरि नगरपालिका, कीर्तिपुर नगरपालिका र दक्षिणकाली नगरपालिकालाई राष्ट्रपति रनिङ्ग शिल्ड खेलाडी छनौटका लागि स्थानिय तह खेलाडी छनौट फारम उपलब्ध गराउन पत्राचार गरेको हो ।
खेलाडी छनौटका लागि यसअघि पनि समितिले सम्बन्धित पालिकाहरूलाई पत्राचार गरेको तर हालसम्म खेलाडी दर्ता फारम उपलब्ध नभएकोले २०८२ वैशाख २४ गते भित्र अनिवार्य खेलाडी छनौट नामावली फारम उपलब्ध गराइदिन पुनः पत्राचार गरिएको काठमाडौं जिल्ला खेलकुद विकास समितिका अध्यक्ष भाइकृष्ण बलामीले बताएका छन् ।