विज्ञापन

'रामेछापका कुन स्थानीय तहले कति बजेट पाए ?'

 

विज्ञापन

 

विज्ञापन

-पुष्कर खड्का

रामेछाप । रामेछाप जिल्लाका आठ वटै स्थानीय तहले आगामी आर्थिक बर्ष २०८२/०८३ को नीति तथा कार्यक्रम र बजेट प्रस्तुत गरेका छन् । स्थानीय तहले पूर्वाधार कृषि, पर्यटन र रोजगारीलाई प्राथमिकता दिएर आगामी आर्थिक बर्षको बजेट ल्याएका हुन् ।

जिल्लाको मन्थली नगरपालिकाले आगामी आर्थिक वर्षका लागि १ अर्ब ४ करोड ६५ लाख ६४ हजार २०२ रुपैयाँको बजेट र नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ। चालु खर्चमा ६८.७५ प्रतिशत र पुँजीगत खर्चमा ३१.२५ प्रतिशत विनियोजन गरिएको छ ।

रामेछाप नगरपालिकाले आगामी आर्थिक वर्ष २०८२/८३ का लागि ८० करोड ४४ लाख ५६ हजार १३० रुपैयाँको बजेट सार्वजनिक गरेको छ । पुँजीगत खर्चतर्फ २९ करोड ७६ लाख ६२ हजार १ सय १० रुपैयाँ र चालु खर्चतर्फ ५० करोड ६७ लाख ९४ हजार २० रुपैयाँ विनियोजन गरिएको छ ।

त्यसैगरी जिल्लाको लिखु तामाकोसी गाउँपालिकाले आर्थिक बर्ष २०८२।०८३ का लागि अनुमानित कुल ६८ करोड २५ लाख ८६ हजार, गोकुलगंगा गाउँपालिकाले आगामी आर्थिक वर्ष २०८२/८३ का लागि ५६ करोड ९८ लाख ९४ हजार,खाँडादेवी गाउँपालिकाले आर्थिक वर्ष २०८२/८३ का लागि पालिकाले ६५ करोड ८४ लाख ८१ हजार १९५ रुपैयाँ ,उमाकुण्ड गाउँपालिकाले आर्थिक बर्ष २०८२।०८३ का ६१ करोड १३ लाख २३ हजार ४२६ रुपैयाँ,सुनापति गाउँपालिकाले आगामी आर्थिक बर्षका लागि ५६ करोड ५० लाख ३९ हजारको बजेट सार्वजनिक गरेको छ । उक्त बजेटमा चालु तर्फ करिव ६० प्रतिशत र पूँजिगत तर्फ करिव ४० प्रतिशत बजेट खर्च हुने अनुमान गरिएको छ । दोरम्बा शैलुङ गाउँपालिका
आगामी आर्थिक बर्षको लागी ५५ करोड ७१ लाख ८० हजार ५०१ रुपैयाँ बराबरको बजेट सार्वजनिक गरेको छ ।

नेपालको संविधान २०७२ अनुसार स्थानीय सरकारले असार १० गते अर्को वर्षका लागि बजेट ल्याउनु पर्ने व्यवस्था रहेकोले सोहि व्यवस्था अनुसार जिल्लाका सबै पालिकाहरुले आगामी आर्थिक वर्षको लागि निति तथा कार्यक्रम सहित वजेट ल्याएका हुन् ।

प्रतिक्रया दिनुहोस

थप अन्य समाचारहरू

बागमती प्रदेशको विशेष प्राथमिकतामा चन्द्रागिरि, मातातीर्थको आयुर्वेदिक अस्पताल जिल्लास्तरीय बन्ने

थानकोट प्राथमिक अस्पतालको मातृत्व वार्ड अनुगमन, सेवा प्रभावकारितामा जोड

सहकारी बेथितिमाथि सरकारको कडा कदम, सुधारका लागि आयोगको प्रतिवेदन सार्वजनिक

मकवानपुरमा चोरीका सामानसहित दुई पक्राउ, सुनका गरगहना र नगद बरामद

किसिपिडीमा वृहत् सरसफाइ कार्यक्रम सुरु, वडा अध्यक्ष महर्जनद्वारा उद्घाटन

चितवनमा क्यान्सर औषधिको कच्चा पदार्थ उत्पादन सुरु, स्वदेशी औषधि उद्योगलाई नयाँ आधार

मातृभाषा संरक्षणमा स्थानीय तहको दायित्वबारे चन्द्रागिरिमा बहस, विद्यालय तहबाटै बहुभाषिक शिक्षामा जोड

मापदण्ड नपुगेको ‘तेज’ तोरी तेल बजारबाट फिर्ता गर्न विभागको आदेश