मापदण्ड नपुगेको ‘तेज’ तोरी तेल बजारबाट फिर्ता गर्न विभागको आदेश

काठमाडौं । खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले मापदण्डअनुसार गुणस्तर नभेटिएको ‘तेज’ ब्रान्डको तोरी तेल तत्काल बजारबाट फिर्ता (रिकल) गर्न आदेश दिएको छ। विभागले बजार अनुगमन तथा निरीक्षणका क्रममा संकलन गरिएको खाद्य पदार्थको नमुना प्रयोगशालामा परीक्षण गर्दा उक्त तेल न्यूनस्तरको पाइएको जनाएको हो। विभागका अनुसार खाद्य स्वच्छता तथा गुणस्तर ऐन, २०८१ बमोजिम परीक्षण गरिएको नमुनाको […]
जेनजी आन्दोलन प्रकरणः निवर्तमान प्रधानमन्त्री सुशीला कार्कीसहित ४९ जनामाथि अनुसन्धान सिफारिस

काठमाडौं । जेनजी प्रदर्शनसँग सम्बन्धित घटनाको अनुसन्धान गरिरहेको आयोगले प्रदर्शनअघि, प्रदर्शनका क्रममा तथा प्रदर्शनपछि सामाजिक सञ्जाल र सार्वजनिक अभिव्यक्तिमार्फत धारणा राख्ने ४९ भन्दा बढी व्यक्ति तथा केही संस्थामाथि सूक्ष्म अनुसन्धान गर्न सिफारिस गरेको छ। आयोगको प्रतिवेदनको तथ्य तथा विश्लेषण खण्डको प्रकरण नम्बर ३० मा उल्लेख गरिएअनुसार अभियन्ता, आह्वानकर्ता, समर्थक तथा विभिन्न व्यक्तिहरूको सामाजिक सञ्जाल गतिविधि, […]
मानव अधिकार आयोगको प्रतिवेदन : नक्कली फेसबुक पेजमार्फत विद्यार्थीलाई प्रदर्शनमा उतार्ने प्रयास

काठमाडौं । राष्ट्रिय मानव अधिकार आयोगले भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनमा नेपाल प्रहरीको नक्कली (फेक) फेसबुक पेज बनाएर विद्यार्थीलाई प्रदर्शनमा सहभागी गराउन खोजिएको तथ्य सार्वजनिक गरेको छ। उक्त फेक पेजमार्फत “विद्यालय पोशाकमा आएमा नेपाल प्रहरीले बल प्रयोग गर्न नसक्ने” भन्दै विद्यार्थीलाई विद्यालय पोशाकमै प्रदर्शनमा आउन आह्वान गरिएको देखिएको हो। सुरक्षाकर्मीहरूको बयान व्यहोराअनुसार […]
सरकारी विज्ञापन नीतिविरुद्ध महासंघको विरोध, जेठ १४ मा ‘कालो’ प्रकाशन गर्न आह्वान

काठमाडौं । नेपाल पत्रकार महासंघले सरकारी सूचना तथा विज्ञापन राज्य नियन्त्रित सञ्चारमाध्यमलाई मात्र दिने निर्णयको विरोध गर्दै देशभरका सञ्चारमाध्यमलाई जेठ १४ गते ‘कालो’ प्रकाशन गर्न आह्वान गरेको छ । महासंघद्वारा जारी विज्ञप्तिमा उक्त निर्णयलाई प्रेस स्वतन्त्रता विरोधी, स्वेच्छाचारी र विभेदकारी भन्दै निजी तथा सामुदायिक सञ्चारमाध्यमको दिगोपन र श्रमजीवी पत्रकारको पेसागत सुरक्षामाथि गम्भीर असर पर्ने उल्लेख […]
नेपाल संस्कृत विश्वविद्यालयका तीन उच्च पदमा आवेदन खुला

काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले नेपाल संस्कृत विश्वविद्यालयका रिक्त उपकुलपति, शिक्षाध्यक्ष र कुलसचिव पदपूर्तिका लागि आवेदन आह्वान गरेको छ । मन्त्रालयद्वारा गठित छनोट तथा सिफारिस समितिले सार्वजनिक सूचना जारी गर्दै योग्य, अनुभवी तथा इच्छुक व्यक्तिबाट दरखास्त माग गरेको हो । समितिले २०८३ जेठ ११ गते स्वीकृत “नेपाल संस्कृत विश्वविद्यालयका उपकुलपति, शिक्षाध्यक्ष र कुलसचिव […]
काठमाडौंमा विविध कार्यक्रमसहित मनाइयो कृष्णसेन ‘इच्छुक’को स्मृति दिवस

काठमाडौं । जनपक्षीय पत्रकारिता र प्रगतिशील साहित्यका अग्रणी व्यक्तित्व कृष्णसेन ‘इच्छुक’को २४औँ स्मृति दिवस मनाइएको छ । प्रेस सेन्टर नेपालले इच्छुकको स्मृतिमा काठमाडौंस्थित केन्द्रीय कार्यालयमा विशेष स्मृति कार्यक्रम आयोजना गरेको हो । कार्यक्रममा पत्रकार, साहित्यकार, सञ्चारकर्मी तथा विभिन्न जनवर्गीय संगठनका प्रतिनिधिहरूको सहभागिता रहेको थियो । कार्यक्रममा वक्ताहरूले इच्छुकले नेपाली पत्रकारिता, साहित्य र राजनीतिक चेतनामा पुर्याएको […]
प्राथमिक अस्पताल थानकोटलाई सहयोग गर्ने Better World Korea का प्रतिनिधिलाई धन्यवाद

काठमाडाैं । चन्द्रागिरि–थानकोटस्थित प्राथमिक अस्पतालमा बिरामी भर्ना कक्ष तथा अन्य आवश्यक सामग्री सहयोग गर्नुहुने Better World Korea का प्रतिनिधिहरूप्रति अस्पताल प्रशासन तथा स्थानीय सरोकारवालाहरूले धन्यवाद व्यक्त गरेका छन्। अस्पतालको सेवा प्रवाहलाई थप प्रभावकारी बनाउन बिरामी भर्ना कक्षका लागि आवश्यक सामग्री तथा अन्य सहयोग उपलब्ध गराएकोमा कृतज्ञता व्यक्त गर्दै आगामी दिनमा अस्पतालको स्तरोन्नतिका लागि समेत सहकार्य […]
स्वास्थ्य बीमा कार्यक्रम अन्तर्गत आकस्मिक बाहेकका सबै सेवा स्थगित

काठमाडौं । स्वास्थ्य बीमा बोर्डले बढ्दो वित्तीय संकटलाई कारण देखाउँदै निजी स्वास्थ्य संस्थाबाट प्रदान हुँदै आएका स्वास्थ्य बीमासम्बन्धी आकस्मिकबाहेकका सबै सेवा स्थगित गर्ने निर्णय गरेको छ । बोर्डको २०८३ जेठ ११ गते बसेको बैठकले नेपाल सरकारको स्वास्थ्य बीमा कार्यक्रममा आबद्ध निजी स्वास्थ्य संस्थाबाट प्रदान गरिने आकस्मिक सेवा बाहेकका अन्य सेवा अर्को निर्णय नभएसम्म स्थगन गर्ने […]
चित्लाङ–चन्द्रागिरि सडक : बिहान र बेलुका सवारी आवागमनका लागि आग्रह

काठमाडाैं । सडक विभागअन्तर्गत सडक डिभिजन कार्यालय, काठमाडौंले चित्लाङ–चन्द्रागिरि–थानकोट सडक (गणेशमान सिंह मार्ग) मर्मत तथा स्तरोन्नति कार्यका लागि १४ दिन सडक बन्द गर्ने सूचना जारी गरेपछि थाहा नगरपालिका–९ ले सरोकारवालासँग छलफल डाकेको छ । वडा कार्यालयले विगतमा पनि सडक बन्द गरेर काम गरिने भनिए तापनि निर्धारित समयमा काम सम्पन्न नभएको तथा सर्वसाधारणले अनावश्यक सास्ती व्यहोर्नुपरेको […]
भालेश्वर महादेवमा जगद्गुरु शंकराचार्यद्वारा विशेष पूजा–अर्चना

काठमाडौं । दक्षिणाम्नाय शृङ्गेरी शारदा पीठका जगद्गुरु शंकराचार्य श्री श्री विधुशेखर भारती महास्वामीले चन्द्रागिरि डाँडास्थित भालेश्वर महादेव मन्दिर मा विशेष पूजा तथा अर्चना गर्नुभएको छ । धार्मिक विजय यात्रा नेपाल–२०२६ अन्तर्गत नेपाल भ्रमणमा रहनुभएका जगद्गुरु शंकराचार्य महास्वामीले मन्दिर पुगेर भगवान् महादेवको विधिपूर्वक पूजा, आराधना तथा दर्शन गर्नुभएको हो । पूजा–अर्चनाका क्रममा वैदिक मन्त्रोच्चारण, विशेष पूजाविधि […]