विज्ञापन

'मापदण्ड नपुगेको ‘तेज’ तोरी तेल बजारबाट फिर्ता गर्न विभागको आदेश'

काठमाडौं । खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले मापदण्डअनुसार गुणस्तर नभेटिएको ‘तेज’ ब्रान्डको तोरी तेल तत्काल बजारबाट फिर्ता (रिकल) गर्न आदेश दिएको छ।

विज्ञापन

विभागले बजार अनुगमन तथा निरीक्षणका क्रममा संकलन गरिएको खाद्य पदार्थको नमुना प्रयोगशालामा परीक्षण गर्दा उक्त तेल न्यूनस्तरको पाइएको जनाएको हो।

विज्ञापन

विभागका अनुसार खाद्य स्वच्छता तथा गुणस्तर ऐन, २०८१ बमोजिम परीक्षण गरिएको नमुनाको विश्लेषण गर्दा नेपाल सरकारले तोकेको गुणस्तर मापदण्ड पूरा नभेटिएपछि सम्बन्धित ब्याचका सम्पूर्ण उत्पादन तत्काल बजारबाट फिर्ता गर्न निर्देशन दिइएको हो।

विभागले ऐनको दफा ३८(२) अनुसार सम्बन्धित उत्पादकलाई उक्त ब्याचका सबै खाद्य पदार्थ बजारबाट फिर्ता गर्न तथा दफा ३८(४) बमोजिम बिक्री–वितरण नगर्न वा नगराउन आदेश जारी गरिएको जनाएको छ।

विभागका अनुसार फिर्ता गर्न आदेश दिइएको उत्पादन आयातित तोरी गेडाबाट उत्पादन गरिएको ‘तेज’ ब्रान्डको तोरी तेल हो। उक्त उत्पादनको ब्याच नम्बर २० रहेको छ भने उत्पादन मिति २०८२ फागुन २८ र उपभोग्य अवधि ६ महिना तोकिएको छ।

यो तेल Siddhartha Oil Industries द्वारा रुपन्देहीको गुरबानियामा उत्पादन गरिएको विभागले जनाएको छ।

विभागले उपभोक्तालाई उक्त ब्याचको तेल प्रयोग नगर्न तथा बजारमा भेटिए सम्बन्धित निकायलाई जानकारी गराउन आग्रह गरेको छ।

प्रतिक्रया दिनुहोस

थप अन्य समाचारहरू

बागमती प्रदेशको विशेष प्राथमिकतामा चन्द्रागिरि, मातातीर्थको आयुर्वेदिक अस्पताल जिल्लास्तरीय बन्ने

थानकोट प्राथमिक अस्पतालको मातृत्व वार्ड अनुगमन, सेवा प्रभावकारितामा जोड

सहकारी बेथितिमाथि सरकारको कडा कदम, सुधारका लागि आयोगको प्रतिवेदन सार्वजनिक

मकवानपुरमा चोरीका सामानसहित दुई पक्राउ, सुनका गरगहना र नगद बरामद

किसिपिडीमा वृहत् सरसफाइ कार्यक्रम सुरु, वडा अध्यक्ष महर्जनद्वारा उद्घाटन

चितवनमा क्यान्सर औषधिको कच्चा पदार्थ उत्पादन सुरु, स्वदेशी औषधि उद्योगलाई नयाँ आधार

मातृभाषा संरक्षणमा स्थानीय तहको दायित्वबारे चन्द्रागिरिमा बहस, विद्यालय तहबाटै बहुभाषिक शिक्षामा जोड

जेनजी आन्दोलन प्रकरणः निवर्तमान प्रधानमन्त्री सुशीला कार्कीसहित ४९ जनामाथि अनुसन्धान सिफारिस