विज्ञापन

'भोलि श्रावण १७ गते गुर्जुधारामा कुमा सागरको प्रत्यक्ष साङ्गीतिक प्रस्तुति हुँदै'

काठमाडौं । पछिल्लो समय नेपाली साङ्गीतिक क्षेत्रमा अपत्यारिलो ढंगले चर्चा र प्रसिद्धि बटुल्न सफल कुमा सागरको समूहले भोलि १७ गते शनिबार प्रत्यक्ष साङ्गीतिक प्रस्तुति दिने भएको छ ।

विज्ञापन

पिरामिड भेन्चर्स प्रा.लि.को आयोजनामा हुन लागेको उक्त प्रत्यक्ष प्रस्तुतिमा सहभागी हुन चाहने सङ्गीतप्रेमीहरूले आई.एम.ई. खल्ती मोबाइल वालेटको माध्यमबाट टिकट खरिद गर्न सकिने बताइएको छ ।

विज्ञापन

चन्द्रागिरि नगरपालिकाको गुर्जुधारास्थित भेहिकल एकेडेमी एण्ड रिसर्च सेन्टरमा आयोजना हुने सो कार्यक्रममा “कुमा सागर एण्ड द ख्वप: ब्यान्ड” का साथमा गायक कमल खत्री र “द एडप्टर्स ब्यान्ड”को पनि प्रस्तुति रहने आयोजकले जानकारी दिएको छ ।

कार्यक्रम दिउँसो ३ बजेदेखि सुरु हुने र कार्यक्रम अवधिभर विभिन्न मनोरञ्जनात्मक प्रस्तुतिहरू समेत हुने बताइएको छ ।

प्रतिक्रया दिनुहोस

थप अन्य समाचारहरू

बागमती प्रदेशको विशेष प्राथमिकतामा चन्द्रागिरि, मातातीर्थको आयुर्वेदिक अस्पताल जिल्लास्तरीय बन्ने

थानकोट प्राथमिक अस्पतालको मातृत्व वार्ड अनुगमन, सेवा प्रभावकारितामा जोड

सहकारी बेथितिमाथि सरकारको कडा कदम, सुधारका लागि आयोगको प्रतिवेदन सार्वजनिक

मकवानपुरमा चोरीका सामानसहित दुई पक्राउ, सुनका गरगहना र नगद बरामद

किसिपिडीमा वृहत् सरसफाइ कार्यक्रम सुरु, वडा अध्यक्ष महर्जनद्वारा उद्घाटन

चितवनमा क्यान्सर औषधिको कच्चा पदार्थ उत्पादन सुरु, स्वदेशी औषधि उद्योगलाई नयाँ आधार

मातृभाषा संरक्षणमा स्थानीय तहको दायित्वबारे चन्द्रागिरिमा बहस, विद्यालय तहबाटै बहुभाषिक शिक्षामा जोड

मापदण्ड नपुगेको ‘तेज’ तोरी तेल बजारबाट फिर्ता गर्न विभागको आदेश