विज्ञापन

'सरुवा हुन चाहने कर्मचारीले साउन मसान्तसम्ममा फाराम भरिसक्नुपर्ने'

काठमाडौं । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले सरुवा प्रक्रिया अघि बढाउन संघीय स्तरका सबै निकायलाई परिपत्र गरेको छ ।

विज्ञापन

मन्त्रालयले निजामती सेवा ऐन, २०४९ को दफा १८ तथा निजामती सेवा नियमावली, २०५० को नियम ३६ अनुसार कर्मचारीको सरुवाको काम हरेक वर्षको भदौ १ गतेदेखि भदौ मसान्तसम्म सम्पन्न गर्नुपर्ने कानुनी व्यवस्था अनुसार सरुवा व्यवस्थापनका लागि तोकिएको ढाँचामा कर्मचारीको विवरण पठाउन सबै निकायलाई परिपत्र गरेको हो ।

विज्ञापन

त्यसका लागि सरुवा चाहने कर्मचारीले निवेदन दिनुपर्ने, निजामती सेवामा कार्यरत र सरुवा हुन चाहने कर्मचारीले आफ्नो व्यक्तिगत विवरण राष्ट्रिय कितावखानमा अद्यावधिक गरी २०८२ साउन मसान्तभित्र मन्त्रालयको इमेल ठेगानामा नियमावलीको अनुसूची ९ अनुसारको ढाँचामा निवेदन पेश गर्न निर्देशन दिएको छ ।

यस्तै सबै मन्त्रालय, आयोग, सचिवालय तथा निकायले आफ्नो मातहतका निकायमा कार्यरत कर्मचारीको व्यक्तिगत विवरण राष्ट्रिय किताबखाना (निजामती)सँग समन्वय गरी ७ दिनभित्र अद्यावधिक गराउन भनेको छ ।

 

प्रतिक्रया दिनुहोस

थप अन्य समाचारहरू

बागमती प्रदेशको विशेष प्राथमिकतामा चन्द्रागिरि, मातातीर्थको आयुर्वेदिक अस्पताल जिल्लास्तरीय बन्ने

थानकोट प्राथमिक अस्पतालको मातृत्व वार्ड अनुगमन, सेवा प्रभावकारितामा जोड

सहकारी बेथितिमाथि सरकारको कडा कदम, सुधारका लागि आयोगको प्रतिवेदन सार्वजनिक

मकवानपुरमा चोरीका सामानसहित दुई पक्राउ, सुनका गरगहना र नगद बरामद

किसिपिडीमा वृहत् सरसफाइ कार्यक्रम सुरु, वडा अध्यक्ष महर्जनद्वारा उद्घाटन

चितवनमा क्यान्सर औषधिको कच्चा पदार्थ उत्पादन सुरु, स्वदेशी औषधि उद्योगलाई नयाँ आधार

मातृभाषा संरक्षणमा स्थानीय तहको दायित्वबारे चन्द्रागिरिमा बहस, विद्यालय तहबाटै बहुभाषिक शिक्षामा जोड

मापदण्ड नपुगेको ‘तेज’ तोरी तेल बजारबाट फिर्ता गर्न विभागको आदेश