विज्ञापन

'बिना अनुमति चन्द्रागिरि नगरपालिकासँग सम्बन्धित विषयवस्तु प्रकाशन, प्रसारण गर्न प्रतिबन्ध'

काठमाडौं : चन्द्रागिरि नगरपालिका नगर कार्यपालिकाको कार्यालय बलम्बुले चन्द्रागिरि नगरपालिका सम्बद्ध कुनैपनि विषयवस्तु प्रकाशन, प्रसारण गर्न पूर्व स्वीकृति लिनुपर्ने सूचना जारी गरेको छ ।

विज्ञापन

यहि आर्थिक वर्ष २०८२-०८३ को सुरुवातबाट नै नगरपालिकासँग सम्बन्धित कुनै पनि विषयवस्तु प्रकाशन, प्रशारण गर्न चाहने व्यक्ति, संस्था वा सञ्चार माध्यमहरूले अनिवार्य रूपमा नगरपालिकाको पुर्व स्वीकृति प्राप्त गरी मात्र प्रकाशन तथा प्रशारण गर्न सूचना जारी गरिएको हो ।

विज्ञापन

चन्द्रागिरि नगरपालिका र मातहतका अन्य वडाहरूको समेत स्वीकृति बिना शुभकामना सन्देश लगायत विभिन्न विज्ञापन प्रकाशन, प्रसारण गर्ने तथा सो बापत भुक्तानी माग गर्ने प्रवृत्ति बढ्दै गएकोले अब उप्रान्त त्यस्ता “गतिविधिहरू” हुन नदिन नगरले यस्तो निर्णय गरेको जनाएको हो ।

नगरपालिकाको स्वीकृति बिना प्रकाशन, प्रसारण गरिएका सामाग्रीहरूको भुक्तानी दिन नगरपालिका “बाध्य” नहुने भन्दै जारी गरिएको सूचनाले एक हदसम्म पछिल्लो “सञ्चार व्यथिती” लाई “फिल्टर” गर्ने र उपयुक्त विधि निर्माण गर्ने संकेत गरेको छ ।

स्थानीय सरकार सञ्चालन भएको लामो समयपछि स्थानीय सरकारले सञ्चार माध्यम र तिनको “कृयाकलाप” माथि सम्बन्धित रहेर सम्भवत: पहिलोपटक यस्तो निर्णय गरेको हो ।

यद्यपि, चन्द्रागिरि नगरपालिकाको उक्त सूचना वा निर्णय आफैमा “द्वुविदाग्रस्त” र “प्रष्ट” नरहेको स्थानिय सञ्चार माध्यमहरूले प्रतिक्रिया दिएका छन् ।

किनकि, नगरपालिकाले विज्ञापन, शुभकामना सन्देश, लगायत अन्य शीर्षक अन्तर्गतका विषयमा कुनै स्पस्ट नीति वा कार्यविधि निर्माण नगरेको, “स्थानीय” वा “राष्ट्रिय” कुन सञ्चार माध्यमलाई कुन “विषयमा” प्राथमिकता दिनुपर्ने हो सो को “हेक्का” नराखी “पहुँचका” आधारमा मनपरि विज्ञापन गर्न दिएको कारण यो समस्या आएको स्थानीय सञ्चारकर्मीहरूले बताएका छन् ।

त्यस्तै, चन्द्रागिरि नगरपालिकामा कृयाशिल रहेका सञ्चार गृह र सञ्चारकर्मीहरूसँग हालसम्म नगरपालिका तथा मातहतको सूचना, प्रविधि शाखाले कुनैपनि विषयमा छलफल, अन्तर्कृया तथा सामान्य सुझाव संकलन समेत नगर्नुले चन्द्रागिरि नगरपालिका सूचना, सञ्चार, प्रविधि लगायत विषयमा कस्तो विधि, मापदण्ड र नीति अनुरूप चल्न खोजेको हो प्रश्न समेत उब्जिएको छ ।

प्रतिक्रया दिनुहोस

थप अन्य समाचारहरू

काठमाडौं शिक्षा क्याम्पसद्वारा आफ्नो ३५ औं स्थापना दिवस भव्यरूपमा सम्पन्न

थानकोटबाट हराईरहेका ११ वर्षीय समीर कडायत भेटियो

पाचौं ब्राइट फ्युचर एसइई कप फुटसल प्रतियोगिताको उपाधी विल्सन एकेडेमीलाई

थानकोट बस्ने ११ वर्षीय समीर कडायत सम्पर्क विहिन

काठमाडौं शिक्षा क्याम्पसले ३५ औं स्थापना दिवस मनाउँदै : मुख्यमन्त्री ईन्द्रबहादुर बानियाँद्वारा उट्घाटन

अब ट्राफिक प्रहरीले लाइसेन्स, ब्लुबुक र चाबी नियन्त्रणमा लिन नपाउने

सरकारले ट्रेड युनियन अधिकार खारेज गर्न सक्दैनः योगेन्द्र कुँवर

शंखमुल र बुद्धनगर क्षेत्रका अनधिकृत संरचनामाथि चलायो डोजर