काठमाडौँ । नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको दोस्रो संस्करणका लागि मिनि अक्सन सम्पन्न भएको छ ।
शनिवार सम्पन्न अक्सनका लागि १६४ खेलाडीको सूची रहेकोमा ३७ खेलाडीहरू अनुबन्ध भएका थिए । आजको अक्सनसँगै हरेक टोलीले मार्की प्लेयरसहित ११ खेलाडी टिममा अनुबन्ध गरेका छन् ।
हरेक टोलीले अब एकएक जना खेलाडी ट्यालेन्ट हन्ट ल्याउने छन् भने, ४ विदेशी खेलाडी पनि टोलीमा भित्राउनेछन् ।
विराटनगर किंग्स:
सन्दीप लामिछाने (मार्की), लोकेश बम, प्रतिश जिसी, बशीर अहमद, सुवास भण्डारी र नरेन भट्ट ।
मिनि अक्सनबाट खरिद भएकाः सूर्य तामाङ (१० लाख) शाहिल पटेल (५ लाख), नारायण जोशी (५ लाख), सर्वण किस्कु (२ लाख) र शंकर राना (५ लाख) ।
जनकपुर बोल्ट्स:
आसिफ शेख (मार्की), अनिलकुमार शाह, ललित राजवंशी, किशोर महतो, रुपेश सिंह, शुभ कंशाकर र तुलबहादुर थापामगर ।
मिनि अक्सनबाट खरिद भएकाः सचिन भट्ट (२ लाख), आदित्य महता (५ लाख), मायन यादव (७ लाख ७५ हजार) र विकास आग्री (५ लाख)
चितवन राइनोज:
कुशल मल्ल (मार्की), रिजन ढकाल, कलमसिंह ऐरी, अमरसिंह रौटेला, दीपक बोहरा र गौतम केसी ।
मिनि अक्सनबाट खरिद भएकाः देव खनाल(१५ लाख), अर्जुन साउद (१५ लाख), विपिन रावल (५ लाख), विपिन आचार्य (२ लाख), रञ्जित कुमार (२ लाख)
काठमाडौं गुर्खाज:
करण केसी(मार्की), भीम सार्की, शाहब अलाम, रसिद खान, दीपेश कँडेल र प्रतिक श्रेष्ठ ।
मिनि अक्सनबाट खरिद भएकाः आदिल अन्सरी (१५ लाख), सन्तोष यादव (१० लाख), आकाश त्रिपाठी (७ लाख), उत्तम रंगु थापा मगर (३ लाख) र तुलबहादुर थापा (२ लाख) ।
पोखरा एभेन्जर्स:
कुशल भुर्तेल (मार्की), सागर ढकाल, आकाश चन्द, किरणकुमार ठगुन्ना, बिपिन खत्री , त्रितराज दास र दिनेश खरेल ।
मिनि अक्सनबाट खरिद भएकाः अभिषेक तिवारी (२ लाख), अर्जुन कुमाल (५ लाख), कृष्ण पौडेल (२ लाख) र सन्दीप कुमार क्षेत्री (२ लाख) ।
लुम्बिनी लायन्स:
रोहितकुमार पौडेल (मार्की), विवेक यादव, सन्दीप जोरा, तिलकराज भण्डारी, दिनेश अधिकारी र अभिषेश गौतम
मिनि अक्सनबाट खरिद भएकाः दिलिप नाथ (१० लाख), विशाल पटेल (५ लाख), शेर मल्ल (१० लाख), दुर्गेश गुप्ता (५ लाख), आदिल खान (२ लाख) ।
कर्णाली याक्स:
सोमपाल कामी (मार्की), गुलशन झा, नन्दन यादव, अर्जुन घर्ती, दिपेन्द्र रावत, युनिशबिक्रम सिंह ठकुरी र विपिन शर्मा ।
मिनि अक्सनबाट खरिद भएकाः पवन सर्राफ (१५ लाख), युवराज खत्री (१० लाख), इम्रान शेख (२ लाख) र दीपक डुम्रे (२ लाख)।
सुदूरपश्चिम रोयल्स:
दिपेन्द्रसिंह ऐरी (मार्की), अभिनाश बोहरा, आरिफ शेख, विनोद भण्डारी, इसान पाण्डे र नरेन साउद ।
मिनि अक्सनबाट खरिद भएकाः टेक रावत (२ लाख), दिपेन्द्र थापा (२ लाख), हेमन्त धामी (१० लाख), दीपक बोहरा (५ लाख)र मिलन बोहरा (५ लाख) ।