विज्ञापन

'मनसुन सक्रिय : आइतबार देशभर झरीको सम्भावना'

काठमाडौं । मनसुन सक्रिय भएसँगै देशभरको मौसममा बदली आएको छ । हाल बागमती र गण्डकी प्रदेशका विभिन्न स्थानमा मध्यम वर्षा भइरहेको छ भने मौसम पूर्वानुमान महाशाखाले आइतबार पनि देशका अधिकांश भू-भागमा झरी पर्ने सम्भावना रहेको जनाएको छ ।

विज्ञापन

महाशाखाका अनुसार, मनसुनको न्यून चापीय रेखा आफ्नो औसत स्थानमा आइपुगेकाले देशभर मनसुनी प्रभाव बढेको हो । शनिबार बिहानैदेखि बागमती र गण्डकी प्रदेश लगायत देशका अधिकांश पहाडी भू-भागमा बादल लागेको छ । हाल बागमतीका केही तथा कोशी, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशका थोरै स्थानमा मध्यम खालको वर्षा भइरहेको महाशाखाले जनाएको छ । त्यसैगरी, मधेस र सुदूरपश्चिम प्रदेशका पहाडी भू-भागका एक-दुई स्थानमा पनि पानी परेको छ ।

विज्ञापन

महाशाखाले आइतबारका लागि गरेको पूर्वानुमान अनुसार देशभरको मौसम सामान्यतया बदली रहनेछ । विशेषगरी कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भू-भागका केही स्थानमा मध्यम वर्षाको सम्भावना छ । यसैगरी, मधेस प्रदेश र देशका अन्य पहाडी तथा तराईका भू-भागका थोरै स्थानमा पनि पानी पर्ने सम्भावना रहेको छ ।

प्रतिक्रया दिनुहोस

थप अन्य समाचारहरू

शंखमुल र बुद्धनगर क्षेत्रका अनधिकृत संरचनामाथि चलायो डोजर

पाचौं ब्राइट फ्युचर एसइई कप फुटसल प्रतियोगिता सुरु

आज २५७०औं बुद्ध जयन्ती, चन्द्रागिरिमा विशेष कार्यक्रम

अतिक्रमित संरचना हटाउन गृहको कडा निर्देशन: सुरक्षा प्रबन्ध मिलाउन देशभरका सीडीओलाई परिपत्र

चन्द्रागिरि नगरपालिका वडा नं १० द्वारा कफी तालिम सम्पन्न

प्रहरीले  ८ दिनमा देशभरबाट लागूऔषध कारोबारमा संलग्न १ हजार बढी व्यक्ति पक्राउ

जलजला जिप दुर्घटना: मृतकको संख्या २० पुग्यो

चन्द्रागिरि पत्रकार संघद्वारा पत्रकार श्रेष्ठका दिवंगत पिताप्रति श्रद्धाञ्जलि व्यक्त