विज्ञापन

'रामेछापमा स्कारपियो गाडी दुर्घटना हुँदा श्रीमतीको मृत्यु, श्रीमान् घाइते'

 

विज्ञापन

 

विज्ञापन

– पुष्कर खड्का

रामेछाप । रामेछापमा स्कारपियो गाडी दुर्घटना हुँदा एक महिलाको मृत्यु भएको छ। बा १३ च ३९३५ नम्बरको स्कारपियो गाडी रामेछापको मन्थली नगरपालिका–६ भलुवाजोर स्थितबोक्से पहरामा दुर्घटना हुँदा मन्थली नगरपालिका ११ गेलुका अन्दाजी ४० वर्षिय श्रीमती राधा चाैहानकाे घटना स्थलमा नै मृत्यु भएकाे जिल्ला प्रहरी कार्यालय रामेछापका प्रहरी निरीक्षक कौशल न्यौपानेले जानकारी दिए।

उहाँको जानकारी अनुसार आइतबार बिहान सदरमुकाम मन्थलीबाट हेटौँडा जाँदै गरेको स्कारपियो मन्थली–खुर्कोट सडक खण्डको बोक्से पहराबाट खसेर दुर्घटना हुँदा मृतक महिलाको श्रीमान् अन्दाजी ४२ वर्षिय उत्तम चौहान घाइते भएका छन्।

घाइते चौहानलाई मन्थलीस्थित रामेछाप सामुदायिक अस्पतालमा सामान्य उपचार पछि थप उपचारका लागि काठमाडौ रिफर गरिएकाे जिल्ला प्रहरी कार्यालय रामेछापका प्रमुख भाेला भट्टले जानकारी दिए ।

उहाँको जानकारी अनुसार मृतक महिलाको शव घटना स्थलबाट उद्दार गरि पाेस्टमार्टमका लागि मन्थली अस्पताल लगिएकाे छ । गाडी अप्ठ्यारो भिरमा अड्किएको हुँदा उद्धारमा कठिनाइ भएको र दुर्घटना कारण भने खुलिनसकेकाे प्रहरीले जनाएकाे छ ।

प्रतिक्रया दिनुहोस

थप अन्य समाचारहरू

काठमाडौं शिक्षा क्याम्पसद्वारा आफ्नो ३५ औं स्थापना दिवस भव्यरूपमा सम्पन्न

थानकोटबाट हराईरहेका ११ वर्षीय समीर कडायत भेटियो

पाचौं ब्राइट फ्युचर एसइई कप फुटसल प्रतियोगिताको उपाधी विल्सन एकेडेमीलाई

थानकोट बस्ने ११ वर्षीय समीर कडायत सम्पर्क विहिन

काठमाडौं शिक्षा क्याम्पसले ३५ औं स्थापना दिवस मनाउँदै : मुख्यमन्त्री ईन्द्रबहादुर बानियाँद्वारा उट्घाटन

अब ट्राफिक प्रहरीले लाइसेन्स, ब्लुबुक र चाबी नियन्त्रणमा लिन नपाउने

सरकारले ट्रेड युनियन अधिकार खारेज गर्न सक्दैनः योगेन्द्र कुँवर

शंखमुल र बुद्धनगर क्षेत्रका अनधिकृत संरचनामाथि चलायो डोजर