युवा नेत्र सेवा समिति र शुभश्री एकेडेमीको संयुक्त आयोजनामा एक दिने आँखा स्वास्थ्य परीक्षण शिविर सम्पन्न भएको छ छ। उक्त शिविरमा विद्यालयका करिब १५० जना विद्यार्थीले निःशुल्क आँखा परीक्षण गराएका थिए।

परीक्षणका क्रममा पाँच जनामा जटिल प्रकारका आँखाका समस्या पहिचान गरिएको छ। विद्यालयकी प्रधानाध्यापक श्रीमती सुनिता केसीले यस्ता शिविरहरूले बालबालिकाको दृष्टि–स्वास्थ्यमा समयमै जानकारी प्राप्त गर्न र सम्भावित जोखिम न्यूनिकरणमा महत्वपूर्ण योगदान पुर्याउने बताउनुभयो। उहाँका अनुसार, अभिभावकले सामान्य ठान्ने दृष्टि–सम्बन्धी समस्या पनि दीर्घकालीन रूपमा गम्भीर असर पार्न सक्ने भएकाले समयमै पहिचान आवश्यक हुन्छ।
विद्यालय परिवारले यस प्रकारको स्वास्थ्यमूलक कार्यक्रम सञ्चालन गर्न सहयोग पु-याउने आयोजक संस्थाप्रति आभार प्रकट गरेको छ। साथै, आगामी दिनमा पनि विद्यार्थीको स्वास्थ्य–सरोकारमा केन्द्रित विभिन्न शिविर सञ्चालन गर्ने प्रतिबद्धता व्यक्त गरेको छ।