काठमाडौँ। काठमाडौं जिल्ला प्याब्सनले २०८१ सालमा उत्कृष्ट नतिजा ल्याउन सफल ब्राइट फ्युचर माध्यमिक विद्यालयका विद्यार्थी तथा स्कुलका शिक्षकहरूलाई सम्मान गरेको छ ।
२०८१ सालको एस.ई.ई परिक्षामा उत्कृष्ट नतिजा ल्याउन सफल ब्राइट फ्युचर मा.वि.का विद्यार्थी तथा त्यस स्कुलमा अध्यापन गराउने शिक्षकहरूलाई काठमाडौं जिल्ला प्याब्सनले सम्मान गरेको हो ।
काठमाडौं जिल्ला प्याब्सनद्वारा २०८१ अन्तर्गत एस.ई.ई. परिक्षामा काठमाडौँ जिल्लाका विद्यालयहरूमा जिपीए ४ प्राप्त गर्ने विद्यार्थी र शिक्षकलाई सम्मान गर्ने क्रममा चन्द्रागिरि नगरपालिका नैकापमा रहेको ब्राइट फ्युचर स्कुलका विद्यार्थीहरू प्रत्युसा कार्की, स्वप्नजिता पाण्डे, सुलभ जोशी र सम्राट पौडेल लाई नेपाल पुलिस क्लबको हलमा प्रमुख अतिथि शिक्षामन्त्री रघुजी पन्तद्वारा सम्मान गरिएको हो ।
त्यस्तै, काठमाडौं जिल्लाका ६५० विद्यालयमध्ये ४ जिपीए ल्याउन सफल ब्राइट फ्युचर विद्यालयमा अध्यापन गराउने गणित विषयका शिक्षकहरू रवि पाण्डे र लालबहादुर थापालाई पनि काठमाडौँ जिल्लामै अतिरिक्त गणित विषयमा उच्च औसत जिपीए ल्याउन योगदान पुर्याए बापत सम्मान गरिएको ब्राइट फ्युचर स्कुलका अध्यक्ष मोहन बहादुर कार्कीले जानकारी दिएका छन् ।