काठमाडौं । मन्त्रिपरिषद्ले नागढुङ्गा सुरुङमार्ग प्रयोग गर्ने सवारी साधनका लागि उपभोग दस्तुरको दर तोकेको छ ।
विज्ञापन
तोकिएको दस्तुर अनुसार, कार र भ्यानको काठमाडौं प्रवेश गर्दा ६५ रुपैयाँ र बाहिरिँदा ६० रुपैयाँ तिर्नुपर्नेछ ।
विज्ञापन
मिनिबस र ट्रकको काठमाडौं आउँदा ११५ रुपैयाँ र जाँदा ८० रुपैयाँ तथा बस र ठूला ट्रकको काठमाडौं आउँदा २६० रुपैयाँ र बाहिरिँदा २०० रुपैयाँ निर्धारण गरिएको छ ।
त्यस्तै, भारी उपकरणसहितका सवारीको हकमा काठमाडौं प्रवेश गर्दा ६ सय रुपैयाँ र बाहिरिँदा २ सय ५० रुपैयाँ दस्तुर तिर्नुपर्नेछ ।
सरकारले यो दर नागढुङ्गा सुरुङमार्ग सञ्चालनमा आएसँगै लागू हुने जनाएको छ ।