काठमाडौँ । बागमती प्रदेश सरकारका नवनियुक्त उद्योग, वाणिज्य, भूमि तथा प्रशासन मन्त्री विन्दु श्रेष्ठले मकवानपुर जिल्लाको उद्योग, वाणिज्य कार्यालयको अनुगमन गरेकी छिन् ।
अनुगमनका क्रममा मन्त्री श्रेष्ठले सेवाग्राहिलाइ छिटो भन्दा छिटो सहज ढङ्गबाट सेवा सम्पादन गर्न आफु मातहतका कर्मचारीहरूलाई निर्देशन समेत दिएकी छिन् ।
मकवानपुर जिल्लाको उद्योग, वाणिज्य कार्यलयको अनुगमनको क्रममा जनगुनासो रहित कार्यालय आफ्नो पहिलो प्राथमिकता रहेको बताउँदै मन्त्री श्रेष्ठले कार्यालयलाई व्यवस्थित बनाउन नयाँ भवन निर्माणको प्रकृया अगाडि बढिसकेको जानकारी पनि दिएकी थिइन् ।
अनुगमनका क्रममा मन्त्री श्रेष्ठलाई कार्यलय प्रमुख रामप्रसाद भुसालले स्वागत गर्दै कार्यालयको गत आर्थिक वर्षको कार्य प्रगति र चालु आर्थिक वर्षको कार्य योजना प्रस्तुत गरेका थिए ।
जीर्ण भवनमा कार्यालय संचालन भैरहेको मकवानपुर जिल्लाको उद्योग, वाणिज्य भवन निर्माणको लागि उद्योग, वाणिज्य मन्त्रालयबाट २ करोड ५० लाख रुपैयाँ बजेट विनियोजन भैसकेको र यहि आर्थिक वर्षबाट निर्माण प्रकृया अगाडि बढाइने जनाइएको छ ।
नवनियुक्त मन्त्री श्रेष्ठको आफ्नो मन्त्रालय मातहतको कार्यालयमा यो पहिलो भ्रमण हो ।