विज्ञापन
No data was found

'चन्द्रागिरि नगरपालिकाका वडाहरूलाई वर्गिकरण अनुसार बजेट, कुन वडाको बजेट कति ?'

काठमाडौँ । चन्द्रागिरि नगरपालिकाले आफू मातहतका १५ ओटै वडाको वर्गीकरण गरि बजेट छुट्याएको छ ।

विज्ञापन

चन्द्रागिरि नगरपालिकाले विगतमा झैं आर्थिक वर्ष २०८२-०८३ का लागि वडातर्फको बजेट वर्गीकरण तथा सिलिङ तोकेको छ ।

विज्ञापन

नगरपालिकाले हरेक वडालाई सो वडाले संकलन गरेको राजस्वको आधारबाट ६० अंकदेखि माथिलाई “ए प्लस” ५० देखि ५९ सम्मलाई “ए” र ४० देखि ४९ अंक सम्मलाई “बी” अन्तर्गत वर्गीकरण गरि बजेट छुत्याएको हो ।

राजस्व संकलन मापक अंक अनुसार वडा नं १, ३, ७, ८, १०, ११, १२, १४ र १५ वडालाई “ए प्लस” वडा नं ५, ६ र ९ लाई “ए” तथा वडा नं २, ४ र वडा नं १३ लाई “बी” अन्तर्गत वर्गीकरण गरि बजेट व्यवस्थापन गरिएको हो ।

वर्गीकरण तथा साविक निर्धारित बजेट सिलिङ्ग अनुसार वडा नं १, ३, ७, ८, १०, ११, १२, १४ र १५ नं वडाले १ करोड २० लाख बजेट प्राप्त गरेका छन् भने वडा नं ५, ६ र ९ ले १ करोड १० लाख प्राप्त गरेका छन् । त्यस्तै, २, ४ र १३ नं वडाले १ करोड बजेट प्राप्त गरेका छन् ।

त्यस्तै, प्रत्येक वडालाई सशर्त तर्फबाट ८८ लाख रुपैयाँका दरले कुल १३ करोड २० लाख रुपैयाँ गरि जम्मा १५ ओटै वडालाई ३० करोड ३० लाख रुपैयाँ छुट्याइएको छ ।

यसरी छुत्याइएको पुँजिगत तर्फको साविक बजेट सिलिङ्गको रकम मध्ये बढीमा ५ लाख रुपैयाँ पुँजिगत भैपरीमा राखी बाँकी रकम पूर्वाधार विकासका आयोजनागत रूपमा विनियोजन गर्नुपर्ने प्रावधान छ ।

त्यस्तै, पूर्वाधारतर्फको योजना कम्तीमा ५ लाखमा नघटाई विनियोजन गर्नुपर्ने तथा अति आवश्यक साना कार्यको योजनाको लागि बजेटको बढीमा १० प्रतिशत रकम ५ लाख मुनिको योजनाको लागि विनियोजन गर्न सकिने प्रावधान रहेको छ ।

प्रतिक्रया दिनुहोस

थप अन्य समाचारहरू

देउवा दम्पतीविरुद्ध पक्राउ पुर्जी जारी

अमेरिका–इरान युद्ध दुई हप्ताको लागि रोकियो, होर्मुज पनि खोल्ने सहमति

चन्द्रागिरिमा धार्मिक अभियन्ता महतमाथि सांघातिक आक्रमण

पेट्रोलियम पदार्थको संकट : घरबाटै काम गर्न सरकारको आह्वान

सर्वोच्च अदालतद्वारा ओली र लेखकलाई हिरासतमुक्त गर्न आदेश

डिएसपी एलिजा गिरीको चन्द्रागिरि कार्यकाल : जटिल परिस्थितिमा उच्च साहस प्रदर्शन

कवि कविता र कफि कार्यक्रम सम्पन्न

नेपालभाषाविद् चित्रकार रहेनन्‌