काठमाडौं । काठमाडौं महानगरपालिकाले उपभोक्तालाई भ्रामक विज्ञापन, गलत ब्राण्डिङ र नक्कली सामान बिक्री नगर्न चेतावनी दिएको छ ।
विज्ञापन
महानगरपालिकाले कुनै पनि उद्योग वा व्यवसायले वितरक तथा उपभोक्तालाई उत्पादनको गलत विवरण दिन नपाउने उल्लेख गरेको छ । उत्पादनमा प्रयोग भएको सामग्री, उत्पादन मिति, म्याद सकिने अवधि लगायतका आधारभूत सूचना स्पष्ट राख्नुपर्छ ।
विज्ञापन
विदेशी उत्पादन भन्दै घरेलु उत्पादन बिक्री गर्ने, म्याद सकिएको वा स्वास्थ्यमा असर गर्ने सामग्री बेच्ने, अरुको ट्रेडमार्क नक्कल गर्ने वा झुटो विज्ञापन गर्ने कार्य कानुनी रुपमा दण्डनीय छ।
महानगरले यस्ता क्रियाकलाप प्रमाणित भएमा गलत उत्पादन नष्ट गर्ने, जरिवाना तिराउने, व्यवसाय बन्द गर्ने र अनुमति पत्र खारेज गर्ने प्रक्रिया अपनाइने चेतावनी दिएको छ ।