काठमाडौँ । स्रोत नखुलेको नगद १२ लाख ७० हजार र बुद्धचित्तको मालासहित २ जना चिनियाँ नागरिक पक्राउ परेका छन् ।
विज्ञापन
काठमाडौं महानगरपालिका वडा नं २६ ठमेल जे.पी. रोड स्थितमा रहेको ZHINXIN International होटेलबाट बुद्धचित्त मालाको अवैद्य कारोबार गरिरहेको अवस्थामा प्रहरी टोलीले उक्त होटलको कोठा नम्बर ४०४, ६०३ मा बस्ने दुईजना चिनियाँ नागरिकहरूको साथबाट ११५.६५ केजी बुद्धचित्तको माला र स्रोत नखुलेको नेपाली १२ लाख ७० हजार रुपैयाँ बरामद गरि नियन्त्रणमा लिएको छ ।
विज्ञापन
पक्राउ परेका नागरिकहरू Passport No: EM7565596 वर्ष ४६ को LIU JINGTAO तथा Passport No: EK8567657 वाहक वर्ष २३ को LIU XIAOSHUAI दुई चिनियाँ नागरिक रहेको तथा थप अनुसन्धान कार्य भइरहेको जिल्ला प्रहरी परिसर काठमाडौंका सूचना अधिकारी अपील राज बोहराले जानकारी दिएका छन् ।