काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पर्यटन विभागका निर्देशक (सिडिई) सचिन्द्रकुमार यादवविरुद्ध गैरकानुनी सम्पत्ति आर्जन गरेको आरोपमा विशेष अदालतमा मुद्दा दायर गरेको छ।
विज्ञापन
यादव नेपाल सरकार संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय अन्तर्गतको पर्यटन विभागमा कार्यरत थिए ।
विज्ञापन
आयोगका प्रवक्ता राजेन्द्रकुमार पौडेलका अनुसार २०६६ साल जेठ २४ गतेदेखि २०७९ साल साउन २९ गतेसम्मको अवधिमा वैधानिक स्रोतबाट पुष्टि नभएको करिब ९६ लाख ८५ हजार ५५३ रुपैयाँ १९ पैसा बराबरको सम्पत्ति आर्जन भएको प्रमाणित भएको हो।
त्यसैले उनीविरुद्ध भ्रष्टाचार निवारण ऐन, २०५९ बमोजिम कैद सजाय, बिगो असुल उपर जरिवाना, गैरकानुनी सम्पत्ति जफत तथा झुट्टा सम्पत्ति विवरण पेस गरेको अभियोगमा पनि सजायको माग दाबी गरिएको छ।