काठमाडौँ । सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी एमालेको महिला संगठन अखिल नेपाल महिला संघ काठमाडौं क्षेत्र नं. १० को दोस्रो क्षेत्रीय सम्मेलनबाट तेजिला थापाको अध्यक्षतामा ३५ सदस्यीय नयाँ कार्यसमिति चयन गरिएको छ ।
विज्ञापन
त्यस्तै, उपाध्यक्षमा जानुका पन्त (दक्षिणकाली), राजेश्वरी माली (कीर्तिपुर) चयन भएका छन् भने सचिवमा दक्षिणकालीकी मुना लामा र सह-सचिवमा चन्द्रागिरिकी शोभा वली, कोषाध्यक्षमा कीर्तिपुरकी अहिल्या अधिकारीसहित ३५ सदस्यीय कार्यसमिति चयन भएको रञ्जु खड्काले शोणितपुर खबरलाई जानकारी दिइन् ।
विज्ञापन
अखिल नेपाल महिला संघ केन्द्रीय कमिटी महासचिव पेम्बा लामाको प्रमुख आतिथ्यतामा भएको तेश्रो सम्मेलन प्रतिनिधि सभा निर्वाचन क्षेत्र समन्वय कमिटी, काठमाडौं क्षेत्र नम्बर १० को आयोजनामा गुर्जुधारास्थित त्रिशक्ती ब्यांक्वेटमा भएको थियो ।