विज्ञापन
No data was found

'नेवार समुदायले मनाउने (चथा:) गणेश पुजा आज'

काठमाडौँ । विशेषत: नेवार समुदायले विविध विधि अन्तर्गत मनाउने गरेको चथा: पुजा अर्थात् गणेश चौथी आज परेको छ ।

विज्ञापन

भाद्र शुक्ल चौथीका दिन भक्तपुरको नवदुर्गा गणमा भगवान गणेशको सृष्टि हुने गर्दछ । त्यसैले यस दिनलाई गणेश चौथी पनि भन्ने गरिन्छ । यसदिन बिहानैदेखि भक्तजनहरू नजिकका गणेश मन्दिरमा गई पूजा, अर्चना गर्ने गर्दछन् । भगवान गणेशको पुजा बिहान गरेतापनी चथा: गणेशको पुजा भने चन्द्रमा देखेपछि रातिको समयमा गर्ने गरिन्छ ।

विज्ञापन

चथा: पुजा किन राती गरिन्छ भन्ने सम्बन्धी एक किंवदन्ती रहेको छ । भगवान गणेशको रुपलाई चन्द्रदेवले खिल्ली उदाएकोले गणेश क्रुद्ध भै चन्द्रदेवलाई सराप दिएका थिए “अब उपरान्त कसैले चन्द्रको दर्शन गरे चन्द्र दोष लाग्नेछ जसले गर्दा मिथ्या चोरीको दोष लाग्ने छ ।” यसै सरापले गर्दा सबैले चन्द्रदेवको दर्शन गर्न छोड्यो । आफ्नो गल्ती महशुस गरि चन्द्रले भगवान गणेशसँग क्षमा माग्यो र गणेशले सराप फिर्ता लिँदै ञलथ्व चतुर्थी (चथा:) को दिन बाहेक अरू दिनको दोष क्षमा गरि दिएका थिए भन्ने विस्वास छ । त्यसैले चथा:को दिन चन्द्रमा हेर्नू हुन्न भनी आजसम्म पनि थिमीमा लुक्ने प्रचलन रहिआएको छ ।

 

भगवान गणेशको रुपलाई चन्द्रदेवले खिल्ली उदाएकोले गणेश क्रुद्ध भै चन्द्रदेवलाई सराप दिएका थिए “अब उपरान्त कसैले चन्द्रको दर्शन गरे चन्द्र दोष लाग्नेछ जसले गर्दा मिथ्या चोरीको दोष लाग्ने छ ।

 

त्यस्तै, द्वापरयुगमा भगवान कृष्णले चथा:का दिन चन्द्रमा हेरेको हुनाले मिथ्या चोर दोष लागेको र उनिमाथि स्यमन्तक मणिको चोरी तथा प्रसेनको हत्याको मिथ्या दोष लागेपछी श्री गणेशको पुजा गरि क्षमा माग्नाले उक्त दोषबाट मुक्त भएको तथा त्यसै दिनदेखि चथा:को दिन श्री गणेशको पुजा गरि चन्द्र दोषबाट मुक्त होस भनी क्षमा माग्न गणेशको पुजा गर्ने प्रचलन चल्दै आएको र यसदिन चन्द्रमा हेर्नू हुन्न भन्ने मान्यता रहेको छ ।

यदि, भूलवश चन्द्रमालाई हेर्यो भने चन्द्र दोष नलागोस भनी क्षमा माग्दै गणेशको (चथा: देवताको) पुजा गर्ने प्रचलन रहिआएको मानिन्छ ।

प्रतिक्रया दिनुहोस

थप अन्य समाचारहरू

देउवा दम्पतीविरुद्ध पक्राउ पुर्जी जारी

अमेरिका–इरान युद्ध दुई हप्ताको लागि रोकियो, होर्मुज पनि खोल्ने सहमति

चन्द्रागिरिमा धार्मिक अभियन्ता महतमाथि सांघातिक आक्रमण

पेट्रोलियम पदार्थको संकट : घरबाटै काम गर्न सरकारको आह्वान

सर्वोच्च अदालतद्वारा ओली र लेखकलाई हिरासतमुक्त गर्न आदेश

डिएसपी एलिजा गिरीको चन्द्रागिरि कार्यकाल : जटिल परिस्थितिमा उच्च साहस प्रदर्शन

कवि कविता र कफि कार्यक्रम सम्पन्न

नेपालभाषाविद् चित्रकार रहेनन्‌