विज्ञापन
No data was found

'आयाम सहकारीको संचालक समिति अध्यक्षमा राममान गोपाली निर्विरोध'

काठमाडौं । आयाम बचत तथा ऋण सहकारी संस्था लिमिटेडको संचालक समितिको अध्यक्षमा राममान गोपाली निर्विरोध चयन भएका छन् ।

विज्ञापन

चन्द्रागिरि नगरपालिकाको वडा नं ३ मा कार्यालय रहेको आयाम बचत तथा ऋण सहकारी संस्था लिमिटेडको निर्वाचनमा गोपाली सहित ७ सदस्यीय संचालक समिति चयन गरिएको हो ।

विज्ञापन

निर्वाचन अधिकृत दिपक कुमार उपाध्यायका अनुसार संचालक समिति र लेखा सुपरिवेक्षण समितिको सम्पूर्ण पदमा एक, एकजना उम्मेदवारको मात्र दरखास्त पर्न आएकोले उक्त पदहरूमा उम्मेदवारी दिने सबैलाई निर्विरोध निर्वाचित भएको घोषणा गरिएको हो ।

आयाम बचत तथा ऋण सहकारी संस्थाको नयाँ संचालक समितिमा राममान गोपाली अध्यक्ष, रमेश गोपाली उपाध्यक्ष, रमेश कुमार पुर्कोटी सचिव, अन्जु लामा (घोले) कोषाध्यक्ष तथा ईन्द्रभक्त गोपाली, सुनिता श्रेष्ठ र विनय महर्जन सदस्यमा चयन भएका छन् ।

त्यस्तै, लेखा सुपरिवेक्षण समिति अध्यक्षमा बुद्धि बहादुर शाही तथा सदस्यहरूमा आशा मदू गोपाली र रञ्जु श्रेष्ठ निर्विरोध निर्वाचित भएका छन् ।

निर्विरोध निर्वाचित भएको संचालक समिति तथा लेखा सुपरिवेक्षण समितिको घोषणा आयाम बचत तथा ऋण सहकारी संस्थाको १७ औं वार्षिक साधारण सभा मार्फत गरिने बताइएको छ ।

संस्थाको साधारण सभा यहि भाद्र १४ गते शनिबार बिहान ११ बजेदेखि थानकोटस्थित ग्रीन ल्याण्ड ब्यान्क्वेटमा हुने जनाइएको छ ।

प्रतिक्रया दिनुहोस

थप अन्य समाचारहरू

देउवा दम्पतीविरुद्ध पक्राउ पुर्जी जारी

अमेरिका–इरान युद्ध दुई हप्ताको लागि रोकियो, होर्मुज पनि खोल्ने सहमति

चन्द्रागिरिमा धार्मिक अभियन्ता महतमाथि सांघातिक आक्रमण

पेट्रोलियम पदार्थको संकट : घरबाटै काम गर्न सरकारको आह्वान

सर्वोच्च अदालतद्वारा ओली र लेखकलाई हिरासतमुक्त गर्न आदेश

डिएसपी एलिजा गिरीको चन्द्रागिरि कार्यकाल : जटिल परिस्थितिमा उच्च साहस प्रदर्शन

कवि कविता र कफि कार्यक्रम सम्पन्न

नेपालभाषाविद् चित्रकार रहेनन्‌