काठमाडौँ । चन्द्रागिरि भालेश्वर डाँडामा अवस्थित चन्द्रागिरि हिल्सको “खटनपटन”मा रहेको भालेश्वर महादेवको नाममा जम्मा भएको करिब ३ करोड भेटीबारे स्थानीय सरकार मौन छ ।
चन्द्रागिरि हिल्सका संस्थापक अध्यक्ष तथा आई.एम.ई. ग्रुपका अध्यक्ष समेत रहेका चन्द्र ढकाल नै अध्यक्ष रहेको “चन्द्रागिरि महादेव फाउन्डेसन” ले “व्यवस्थापन” तथा “नियन्त्रण” गर्दै आएको भालेश्वर महादेवको नाममा जम्मा भएको रकम कुन विधि र प्रक्रिया मार्फत स्थानीय क्षेत्रमा ल्याउने भन्ने विषयमा सबै जनप्रतिनिधिहरू मौन छन् ।
२०६६ सालमा चन्द्रागिरि पर्वत शृङ्खला अन्तर्गत रहेको भालेश्वर डाँडामा केबलकार लगायत अन्य विभिन्न संरचना निर्माण गर्नेगरि तात्कालिन “काठमाडौं फनपार्क प्रा.लि.ले योजना प्रस्ताव गरेपछिको यो २०८२ को सालसम्म आइपुग्दा हाल “चन्द्रागिरि हिल्स”ले थप नयाँ योजना र व्यापारीक उद्देश्यसहित कार्य गर्दैगर्दासम्म पनि ऐतिहासिक, धार्मिक महत्वको भालेश्वर मन्दिर र त्यहाँ जम्मा भएको दान, दक्षिणा र भेटी लगायत सन्दर्भमा कतैबाट कुनै “चुईंक्क” सम्म आवाज नउठ्नु गम्भीर रहस्यको विषय बनेको छ ।
तात्कालिन समयमा साविक थानकोट गा.वि.स., था.महादेव गा.वि.स., चित्लाङ गा.वि.स. र फाखेल गा.वि.स.हरूसँग चन्द्रागिरि हिल्सले सार्वजनिक सरोकार, स्थानीय प्राकृतिक स्रोत परिचालन, धार्मिक, सांस्कृतिक पक्ष, सामाजिक उत्तरदायित्व तथा चन्द्रागिरि हिल्स परियोजनाबाट प्रभावित हुने स्थानीय बासीहरूको हित संरक्षण वा लाभ वितरण सम्बन्धी गरेका सहमति, सम्झौताहरूको पालना गर्ने, गराउने दायित्व बोकेको ( हालको, चन्द्रागिरि नगरपालिका, थाहा नगरपालिका र ईन्द्रसरोवर गाउँपालिका) को अकर्मण्यताले जनस्तरमा गहिरो प्रभाव पारेको छ ।
नेपालकै दोस्रो र काठमाडौंको पहिलो केबलकारको रूपमा प्रचार गरि व्यापार गरिरहेको चन्द्रागिरि हिल्सबाट प्रत्यक्ष रूपमा स्थानीय सामाजिक जीवनमा यथेष्ट लाभ लिन सक्नुपर्नेमा राजनीतिक वृत्तबाट भएको “बैमानी” र “व्यक्ति केन्द्रित राजनीति” तथा “हिल्स” को “फुटाउ र राज गर” को “रणनीति” का कारणले स्थानीय समुदाय “हात्ती आयो, हात्ती आयो, फुस्सा !” उखानका साक्षी बन्न बाध्य भइरहेका छन् ।
चन्द्रागिरि हिल्सबाट प्रत्यक्ष रूपमा स्थानीय सामाजिक जीवनमा यथेष्ट लाभ लिन सक्नुपर्नेमा राजनीतिक वृत्तबाट भएको “बैमानी” र “व्यक्ति केन्द्रित राजनीति” तथा “हिल्स” को “फुटाउ र राज गर” को “रणनीति” का कारणले स्थानीय समुदाय “हात्ती आयो, हात्ती आयो, फुस्सा !” उखानका साक्षी बन्न बाध्य भइरहेका छन् ।
इतिहास, सभ्यता र संस्कृतिको पवित्र तीर्थ भालेश्वरमाथि भइरहेको व्यापार, राजनीति, गुण्डागर्दी र लुटलाई “टुलुटुलु” हेर्न विवश स्थानीयहरूले आफ्ना जनप्रतिनिधिहरूलाई कुनै प्रश्न वा जिज्ञासा राख्न नसक्नुपनि मूल समस्याको रूपमा मानिएको छ ।
उसो त पछिल्लो समय भालेश्वर मन्दिरमा जम्मा भएको “रकम” परिचालन, व्यवस्थापन गर्नेगरी “गुपचुप” केही वडा अध्यक्षहरू समेत सम्मिलित “भेटी व्यवस्थापन समिति” गठन गरिएको हल्ला छ । यदि, त्यसो हो भने भालेश्वर मन्दिरको भेटीमाथी पनि “राजनीति” नहोला भन्न सकिने आधार छैन ।
भालेश्वर मन्दिरमा जम्मा भएको “रकम” परिचालन, व्यवस्थापन गर्नेगरी “गुपचुप” केही वडा अध्यक्षहरू समेत सम्मिलित “भेटी व्यवस्थापन समिति” गठन गरिएको हल्ला छ । यदि, त्यसो हो भने भालेश्वर मन्दिरको भेटीमाथी पनि “राजनीति” नहोला भन्न सकिने आधार छैन ।
यद्यपि, स्थानीय केही बुद्धिजीवी तथा संस्कृतिकर्मीहरूले चन्द्रागिरि भालेश्वर महादेवको नाममा जम्मा भएको रकम स्थानिय शिक्षा, स्वास्थ्य र संस्कृतिको क्षेत्रमा प्रत्यक्ष लाभ पुग्नेगरि सर्वपक्षीय, सर्वदलीय तथा स्थानीय सरोकारवाला समुदायको समेत सहभागितामा पारदर्शी ढंगले व्यवस्थापन गर्न हतार भएको बताएका छन् ।