विज्ञापन
No data was found

'नेपाल प्रहरीको ३२ औं (आईजीपी) मा चन्द्र कुवेर खापुङ नियुक्त'

काठमाडौँ । शुक्रबार बसेको मन्त्रीपरिषद्को बैठकले प्रहरी महानिरीक्षक (आईजीपी) मा चन्द्र कुवेर खापुङलाई नियुक्त गर्ने निर्णय गरेको छ ।

विज्ञापन

शुक्रबार बसेको मन्त्री परिषद् बैठकले हाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) प्रमुखका रूपमा रहेका एआईजी खापुङलाई नयाँ आईजीपी नियुक्त गरेको हो ।

विज्ञापन

यो निर्णयसँगै उनी भदौ १८ गतेदेखि नेपाल प्रहरीको ३२ औं महानिरीक्षकको जिम्मेवारीमा हुनेछन् । तेह्रथुममा जन्मेका खापुङ २०५२ सालमा नेपाल प्रहरीको सेवामा प्रवेश गरेका थिए । उनी अहिले केन्द्रीय अनुसन्धान ब्युरो प्रमुखको जिम्मेवारीमा छन् ।

५५ वर्षीय खापुङसँग यसअघि प्रधानमन्त्रीको सुरक्षा प्रमुखको जिम्मेवारी समेत थियो । त्यस्तै, उनीसँग यूएन मिसनमा हाइटीमा दुई पटक सेवादेखि प्रहरी प्रधान कार्यालयको कमर्चारी प्रशासन प्रमुखसम्मको अनुभव छ ।

इटाली, कोरिया, भियतनाम र चीनबाट विभिन्न सुरक्षासम्बन्धी तालिम लिएका खापुङसँग काठमाडौं उपत्यका अपराध महाशाखा प्रमुख र कोशी प्रदेश प्रहरी प्रमुखको जिम्मेवारी सम्हालिसकेको अनुभवसमेत छ ।

प्रतिक्रया दिनुहोस

थप अन्य समाचारहरू

देउवा दम्पतीविरुद्ध पक्राउ पुर्जी जारी

अमेरिका–इरान युद्ध दुई हप्ताको लागि रोकियो, होर्मुज पनि खोल्ने सहमति

चन्द्रागिरिमा धार्मिक अभियन्ता महतमाथि सांघातिक आक्रमण

पेट्रोलियम पदार्थको संकट : घरबाटै काम गर्न सरकारको आह्वान

सर्वोच्च अदालतद्वारा ओली र लेखकलाई हिरासतमुक्त गर्न आदेश

डिएसपी एलिजा गिरीको चन्द्रागिरि कार्यकाल : जटिल परिस्थितिमा उच्च साहस प्रदर्शन

कवि कविता र कफि कार्यक्रम सम्पन्न

नेपालभाषाविद् चित्रकार रहेनन्‌