काठमाडौं । ब्राइट फ्युचर माध्यामिक विद्यालयका अध्यक्ष मोहन कुमार कार्कीलाई राष्ट्रिय खेलकुद सम्मान प्रदान गरिएको छ ।
शिक्षा क्षेत्रमा अतुलनीय योगदान पुर्याउँदै आएका साथै खेल क्षेत्रमा पनि उत्तिकै भूमिका निर्वाह गर्दै आएका शिक्षा, खेलकुद र समग्र सामाजिक गतिविधिहरूमा निरन्तर अग्रसर ब्राइट फ्युचर माध्यमिक विद्यालयका अध्यक्ष मोहन कुमार कार्कीलाई राष्ट्रिय खेलकुद सम्मान प्रदान गरिएको हो ।
प्रतिभा प्रतिष्ठान नेपालद्वारा पूर्व प्रधानमन्त्री झलनाथ खनालको प्रमुख आतिथ्यतामा आयोजना गरेको कार्यक्रम मार्फत कार्कीलाई उक्त सम्मान अर्पण गरिएको हो ।
चन्द्रागिरि नगरपालिकामा मात्र नभई राष्ट्रियस्तर मै शिक्षाको क्षेत्रमा उदाहरणीय कार्य गर्दै आईरहेको ब्राइट फ्युचर माध्यमिक विद्यालयले हाल शिक्षाको क्षेत्रमा विश्वसनीय र भरपर्दो उपलब्धी हासिल गर्न सफल देखिन्छ ।
यसैबीच ब्राइट फ्युचर माध्यामिक विद्यालयका संस्थापक प्रधानाध्यापक दयाराम थापा सार्क एजुकेशन कनक्लेभमा “सार्क डायनामिक प्रिन्सिपल” अवार्डबाट सम्मानित भएका छन् ।
