काठमाडौं । नेवा: गुथि, न्यूयोर्कले रञ्जना लिपि सिकाउने अनलाइन कक्षा यही भदौ १५ गते (अगष्ट ३१, २०२५) देखि सञ्चालन गरेको छ ।
विज्ञापन
हरेक आईतबार सञ्चालन हुने अनलाइन कक्षा अमेरिकाको पूर्वी समय अनुसार बिहान १०:०० बजे (नेपाल समय साँझ ७:४५ बजे) सुरु हुने बताएको छ ।
विज्ञापन
नेवा: गुथि, न्यूयोर्कले यो कार्यक्रम दौबा हलीं नेवा: गुथिसँगको सहकार्यमा आयोजना गर्न लागेको हो ।
संस्कृति, भाषा र मौलिक लिपिको संरक्षणका लागि महत्वपूर्ण मानिने यस कक्षाबाट नेपाली मूलका युवापुस्ताले आफ्नो परम्परागत रञ्जना लिपि सिक्ने अवसर पाउने विश्वास आयोजकले व्यक्त गरेका छन् ।
रञ्जना लिपि सम्बन्धी अनलाइन कक्षामा प्रसिद्ध प्रशिक्षक डा. मिम नकर्मीले प्रशिक्षण दिनेछन् ।