विज्ञापन

'स्रोत नखुलेको करिब साढे ४ करोड तथा शंकास्पद धातुसहित १ जना व्यक्ति पक्राउ'

काठमाडौँ । स्रोत नखुलेको २६ लाख ४० हजार ५ सय रुपैयाँ तथा ९ किलोग्राम भन्दा बढी सुन जस्तो देखिने धातुका गरगहना र ३ किलोग्राम भन्दा बढी चाँदी जस्तो देखिने सेतो धातु‌का गरगहना सहित १ जना व्यक्ति पक्राउ परेका छन् ।

विज्ञापन

काठमाडौं महानगरपालिका वडा नम्बर २६ सामाखुसीस्थित एक घरमा श्रोत नखुलेको नगद तथा धनमालहरू लुकाइ छिपाइ राखेको भन्ने सूचनाको आधारमा काठमाडौं उपत्यका प्रहरी कार्यालय रानीपोखरी, जिल्ला प्रहरी परिसर, काठमाडौं र प्रहरी वृत्त, महाराजगञ्जबाट खटिएको संयुक्त टोलीले खानतलासी ती सामानहरू बरामद भएका हुन् ।

विज्ञापन

गोरखा जिल्ला गोरखा नगरपालिका ६ घर भइ काठमाडौं महानगरपालिका वडा नम्बर २६ सामाखुसी बस्ने घरधनी ७७ वर्षीय विनोद कुमार श्रेष्ठलाई नियन्त्रणमा लिई थप अनुसन्धानको लागि राजस्व अनुसन्धान विभाग हरिहर भवन पठाइएको प्रहरीले जनाएको हो ।

साथै, काठमाडौं महानगरपालिका वडा नम्बर १६ नयाँबजारमा रहेको सनम खड्गीको घरको कोठाहरू अभियुक्त विनोद कुमार श्रेष्ठको छोरा राजकुमार श्रेष्ठले भाडामा लिएको र शंका लागि ती कोठाहरूमा समेत खानतलासी गर्दा नगद तथा धनमालहरू बरामद गरिएको हो ।

विनोद कुमार श्रेष्ठको घरबाट बरामद भएको नगद तथा सामानहरूको विवरण अनुसार नेपाली चार करोड पच्चीस लाख पचास हजार रुपैयाँ तथा सुन जस्तो देखिने पहेंलो धातुले बनेका ९५४१.३६ ग्रामको विभिन्न किसिमको गरगहनाहरू, चाँदी जस्तो देखिने सेतो धातुले बनेका ३२१८.९२ ग्रामको विभिन्न किसिमका गरगहनाहरू बरामद गरिएको हो ।

त्यस्तै, राजकुमार श्रेष्ठले भाडामा लिएको घरबाट बरामद भएको नगद तथा सामानहरूमा नब्बे हजार पाँच सय नेपाली रुपैयाँ, हरियो रङको पोतेमा पहेंलो सुनको जस्तो देखिने धातुको छड्‌के तिलहरी ५ थान, रातो पोतेमा सुन जस्तो देखिने धातुको नौ गेडी जडित भएको १ थान, सुन जस्तो देखिने धातुको बेरुवा औंठी २ थान, सुन जस्तो देखिने धातुको लकेट १ थान समेत बरामद गरिएको जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता तथा सूचना अधिकारी प्रहरी नायब उपरीक्षक अपील राज बोहराले जानकारी दिएका छन् ।

प्रतिक्रया दिनुहोस

थप अन्य समाचारहरू

बागमती प्रदेशको विशेष प्राथमिकतामा चन्द्रागिरि, मातातीर्थको आयुर्वेदिक अस्पताल जिल्लास्तरीय बन्ने

थानकोट प्राथमिक अस्पतालको मातृत्व वार्ड अनुगमन, सेवा प्रभावकारितामा जोड

सहकारी बेथितिमाथि सरकारको कडा कदम, सुधारका लागि आयोगको प्रतिवेदन सार्वजनिक

मकवानपुरमा चोरीका सामानसहित दुई पक्राउ, सुनका गरगहना र नगद बरामद

किसिपिडीमा वृहत् सरसफाइ कार्यक्रम सुरु, वडा अध्यक्ष महर्जनद्वारा उद्घाटन

चितवनमा क्यान्सर औषधिको कच्चा पदार्थ उत्पादन सुरु, स्वदेशी औषधि उद्योगलाई नयाँ आधार

मातृभाषा संरक्षणमा स्थानीय तहको दायित्वबारे चन्द्रागिरिमा बहस, विद्यालय तहबाटै बहुभाषिक शिक्षामा जोड

मापदण्ड नपुगेको ‘तेज’ तोरी तेल बजारबाट फिर्ता गर्न विभागको आदेश