विज्ञापन

'नेपालमा पनि “फेसबुक मनिटाइजेसन” सुविधा, कसरी गर्ने त मनिटाइजेसन ?'

काठमाडौं । नेपालमा पनि अबदेखि फेसबुकले मनिटाइजेसनको सुविधा दिएको छ ।

विज्ञापन

फेसबूकले मनिटाइजेसनको सुविधा उपलब्ध गराएपछि अहिले नेपालमा फेसबुक मनिटाइज गर्ने ट्रेन्ड नै चलेको छ भने अधिकांशले कसरी मनिटाइज गर्ने भन्दै चासो व्यक्त गरिरहेको पनि देख्न सकिन्छ । कतिपयले त आफुहरूले आम्दानी समेत गर्न थालेको भन्दै सामाजिक संजालमा भटाभट पोस्ट राखिरहेका छन् ।

विज्ञापन

उसो त विश्वका धेरैजसो देशलाई मनिटाइजेसनका लागि योग्य देशको सूचीमा सुरुमै समेटेको फेसबुकले एशियाका नेपाल, माल्दिभ्स, भुटान, पाकिस्तान, बंगलादेश, थाइल्यान्ड, अफगानिस्तानलाई भने समेटेको थिएन । यद्यपि, गत सोमबारबाट भने फेसबुकले नेपाललाई पनि फेसबुक मनिटाइजेसन एलिजीबल कन्ट्रिको सूचीमा राखेको छ ।

यसका लागि फेसबुकको मनिटाइजेसन प्रोग्रामको सामेल हुन केही मापदण्ड बनाएको छ । जसका लागि तपाईंको प्रोफाईल वा पेजमा कम्तीमा ५ हजार फलोअर्स पुगेको हुनुपर्छ । साथै, ती प्रोफाईल वा पेजमा अपलोड भएका भिडियोहरूमा पछिल्लो ६० दिनभित्र ६० हजार मिनेट वाच टाइम पुगेको हुनुपर्छ ।
अर्थात् तपाईंले अपलोड गरेका भिडियोहरूमा आएको भ्यूजमा कतिले कति बेर हेरेका छन् भन्ने कुराले अर्थ राख्छ ।

भ्यूज भन्दा पनि कति मिनेट हेरियो भन्ने वाच टाईमलाई फेसबुकले गणना गर्छ । मुख्यतया यी दुई कुरा पूरा भएपछि फेसबुकले तपाईंलाई मनिटाइजेसनका लागि आमन्त्रण गर्छ ।

महत्वपूर्ण कुरा के पनि हो भने, यदि तपाईंले पहिल्यै आफ्नो प्रोफाईल वा पेजमा यौन, हिंसा, अपराधजन्य फेसबुकको कम्युनिटी गाईडलाईन्स विपरीतका सामग्री पोस्ट गर्नुभएको छ भने पनि मनिटाइज हुँदैन । यस्तो अवस्थामा ५ हजार फलोअर्स वा सो भन्दा बढी र वाच टाईम पुगेको छ भने पनि त्यसको अर्थ हुँदैन ।

आफ्नो पेज वा प्रोफाइलमा कुनै समस्या भए नभएको हेर्न प्रोफाइल स्टाटसमा गएर जाँच गर्न सकिन्छ । मनिटाइजेसन भएपछि पनि फेसबुकको कम्युनिटी गाईडलाईन्स विपरीतका सामग्री पोस्ट गर्नुभयो भने मनिटाइजेसन गुम्न सक्छ र भएको आम्दानी समेत रोकिन सक्छ ।

कसरी गर्ने त मनिटाइजेसन ?

मनिटाइजेसनका लागि फेसबुकको ‘पार्टनर मनिटाइजेसन पोलिसीरकन्टेन्ट मनिटाइजेसन पोलिसी’को पालना गर्नुपर्छ । मौलिक, विश्वसनीय कन्टेन्ट उत्पादन गर्ने, कम्युनिटी गाईड्लाईन्स विपरीतका गतिविधि नगर्नेजस्ता नैतिक आचरणको पालना गर्नुपर्छ ।

मनिटाइजेसनका लागि योग्य फेसबुक अकाउन्ट र पेजलाई फेसबुकको सिस्टमले स्वत: सूचना पठाउँछ ।
तपाईं आफ्नो प्रोफाईललाई पेजमा रुपान्तरण गरेर पनि फेसबुकको मनिटाइजेसन प्रोग्राममा सामेल हुन सक्नु हुन्छ ।

प्रोफाइलमा प्रोफेसनल मोड एक्टिभेट गर्नुभएको छैन भने आफ्नो प्रोफाईल खोलेर थ्री डट आईकनमा क्लीक गरी प्रोफेसनल मोड अन गर्न सकिन्छ ।
त्यसपछि कन्टेन्ट मनिटाइजेसन ट्याबमा गएर प्रक्रिया पूरा गर्नु पर्ने हुन्छ ।

फेसबुक पेजको हकमा पनि प्रक्रिया पूरा गर्न प्रोफेसनल ड्यासबोर्डमा गएर मनिटाइजेसन सेक्सनमा जान सकिन्छ । अथवा फेसबुककै मेटा बिजनेसमा गएर मनिटाइजेसन सेक्सनमा जान सकिन्छ । मनिटाइजेसन सेक्सनमा तपाईं पेज योग्य छ वा छैन समेत देखिन्छ ।
योग्य भए एलिजिबिलिटीमा क्लीक गरी त्यहाँ भने अनुसार गर्नुपर्छ । अप्लाई गर्दा नै फेसबुकले बैंक अकाउन्ट लगायतका विवरण माग्छ त्यो भरेर सेटअप गर्न सकिन्छ ।

नेपाली क्रिएटर्सले आफ्नो कमाई सिधै स्थानीय बैंक खातामा प्राप्त गर्न सक्छन् । तपाईंले मनिटाइजेसन सेटअप गर्दा ‘नेपाल’ छनोट गरी आफ्नो बैंक विवरण भर्नुपर्छ ।

प्रतिक्रया दिनुहोस

थप अन्य समाचारहरू

बागमती प्रदेशको विशेष प्राथमिकतामा चन्द्रागिरि, मातातीर्थको आयुर्वेदिक अस्पताल जिल्लास्तरीय बन्ने

थानकोट प्राथमिक अस्पतालको मातृत्व वार्ड अनुगमन, सेवा प्रभावकारितामा जोड

सहकारी बेथितिमाथि सरकारको कडा कदम, सुधारका लागि आयोगको प्रतिवेदन सार्वजनिक

मकवानपुरमा चोरीका सामानसहित दुई पक्राउ, सुनका गरगहना र नगद बरामद

किसिपिडीमा वृहत् सरसफाइ कार्यक्रम सुरु, वडा अध्यक्ष महर्जनद्वारा उद्घाटन

चितवनमा क्यान्सर औषधिको कच्चा पदार्थ उत्पादन सुरु, स्वदेशी औषधि उद्योगलाई नयाँ आधार

मातृभाषा संरक्षणमा स्थानीय तहको दायित्वबारे चन्द्रागिरिमा बहस, विद्यालय तहबाटै बहुभाषिक शिक्षामा जोड

मापदण्ड नपुगेको ‘तेज’ तोरी तेल बजारबाट फिर्ता गर्न विभागको आदेश