विज्ञापन
No data was found

'क्रियटिभ दुनियाका व्यवसायिक व्यक्ति तथा जिज्ञासुहरु सहभागी ब्राण्ड्स एण्ड वियोण्ड २०२५ को सुरुवात'

काठमाडौँ।  ब्राण्ड बिल्डिङ, ब्राण्ड पोजिसनिङ, मार्केटिङ, स्टोरीटेलिङसँगै क्रियटिभ दुनियाका व्यवसायिक व्यक्ति तथा जिज्ञासुहरु सहभागी ब्राण्ड्स एण्ड वियोण्ड २०२५ को सुरुवात भएको छ ।

विज्ञापन

ललितपुरस्थित झम्सिखेलमा रहेको द प्लाजामा सञ्चालित ब्राण्ड्स एण्ड वियोण्ड सेप्टेम्बर ४ र ५ अर्थात भाद्र १८ र १९ सम्म सञ्चालन हुनेछ । ब्राण्ड गफले दोस्रो संस्करणको रुपमा संचालन गरेको यो अन्तर्राष्ट्रिय कन्फ्रेन्स सन् २०२४ मा पहिलो पटक आयोजना गरिएको थियो ।

विज्ञापन

कार्यक्रममा ब्रान्डिङ र माकेर्टिङ क्षेत्रमा अन्तर्राष्ट्रिय स्तरमा ख्याति कमाएका वक्ताले प्रस्तुति दिनेछन् । जसमा दिल्लीका नरेश गुप्ताले द फ्युचर अफ् ब्रान्ड एण्ड कन्जुमर्स, मुम्बईका राजेश केभीले मुभमेन्टस् ओभर मिडियाः द फ्युचर अफ् मार्केटिङ इज फेल्ट, दुबईका सारा फोब्र्सले द कन्सेप्ट एण्ड कपिः सुपर डुपर मार्केट, श्रीलंकाका सोहन धर्मराजाले मुभ फाष्ट, गेट डर्टी, स्टे अहेड, सिंगापुरका स्टेफन सेवार्जले द एशिएन एड्भान्टेजः लिडिङ मार्केटर्स नेक्ट रिभोलुशन र बंगलादेशका तफिक मुमदले न्यू भर्सेस न्यु शीर्षकमा आफ्नो अनुभव र विज्ञता प्रस्तुत गर्दैछन् । कार्यक्रमको उद्घाटन वक्ताहरुले सामुहिक रुपमा गरेका थिए भने ब्रान्ड गफका अध्यक्ष निश्चल कट्टेलले सहभागि तथा अतिथिहरुलाई स्वागत मन्तव्य मार्फत स्वागत गरेका थिए ।

यस कार्यक्रममा नेपालको विभिन्न ब्राण्ड क्रियटर्स, मार्केटर्स र यस क्षेत्रमा कृयाशील २ सय भन्दा बढी प्रोफेशनलहरुको सहभागिता रहेको छ । विभिन्न ८ विषयगत सेसनहरु संचालन हुने यस कार्यक्रममा ब्राण्ड र मार्केटिङ्गको क्षेत्रमा विश्वमा कहाँ के भैरहेको छ ? अहिलेको ट्रेण्ड के छ ? डिजिटल मिडिया र एआईसम्मको आजको युगमा अबको मार्केटिङ्ग बजार कस्तो हुनुपर्छ ? अवसर कस्ता छन् र चुनौतीहरु के छन् ? भन्ने जस्ता विषयहरुमा छलफल र मन्थन हुनेछ ।

यस कार्यक्रमले मार्केटिङ्गको पछिल्लो ट्रेण्ड र स्टाटेजी सँगसँगै केस स्टडीद्वारा सहभागिहरुको क्षमता विकास गर्ने विश्वास लिएको छ । ब्राण्ड र मार्केटिङ्ग क्षेत्रका दिग्गजदेखि यस क्षेत्रमा आउन चाहने नयाँ पुस्तालाई एकैठाउँमा राखेर उनिहरुको अनुभव सुन्दा यसले नेपाली मार्केटिङ क्षेत्रलाई पक्कै योगदान दिने अपेक्षा गरिएको छ ।

तस्बिर : प्रकाश गोपाली

प्रतिक्रया दिनुहोस

थप अन्य समाचारहरू

रास्वपा काठमाडौँ क्षेत्र नं. ९ का उम्मेदवार डीपीकाे चुनावी वाचापत्र सार्वजनिक

रवि लामिछानेको मुद्दा तत्काल फिर्ता नगर्ने कास्की अदालतको आदेश

रास्वपा झापा क्षेत्र नं. ५ का क्षेत्रीय परिषद् सदस्य भरत खनाल एमालेमा प्रवेश

नेवाः देय् दबू जामाच्व नगर समितिको शुभकामना तथा वडा समिति विस्तार कार्यक्रम सम्पन्न

नवीन दृष्टिकोण तथा नीतिगत स्पष्टताको खोजी गर्दै राजनीतिमा एउटा युवा : को हुन् प्रशान्त उप्रेती ?

मतदान केन्द्र र सुरक्षा अनुगमन घुम्ती टोलीमा खटिने कर्मचारीको दैनिक भत्ता २५ सय सम्म

निर्वाचन १७ दिन बाँकी : आजदेखि निर्वाचन प्रचार–प्रसार गर्न पाइने

चन्द्रागिरि साहित्य समाजद्वारा पाँच स्रष्टा सम्मानित, कविता प्रतियोगिताका पाँच विद्यार्थी पुरस्कृत