विज्ञापन
No data was found

'“भगवान पशुपतिनाथलाई साक्षी राखेर भन्छु – मैले भ्रष्टाचार गरेको छैन” : राजन केसी'

काठमाडौं निर्वाचन क्षेत्र नं १० का पूर्व संघीय साम्सद राजन केसीले फेसबूक पोस्ट मार्फत पछिल्लो घटना क्रमका बारे अभिव्यक्ति दिएका छन् ।

विज्ञापन

सामाजिक संजालमा स्टाटस् लेख्दै उनले जेन-जीद्वारा आह्वान गरिएको भाद्र २३ र २४ गतेको आन्दोलनमा स्वार्थ समुहको घुसपैठ भएको तथा उक्त घुसपैठबाट सरकारी तथा निजि सम्पत्तिमाथि भएको भौतिक क्षतिप्रति दुख व्यक्त गरेका छन् ।

विज्ञापन

केसीले पशुपतिनाथको कसम खाँदै डिजिटल युगमा हरेक कुरा पारदर्शी हुने हुँदा आफ्नो ४० वर्षे राजनीतिक सक्रिय जीवनमा कहिल्यै कुनै भ्रष्टाचार नगरेको समेत लेखेका छन् ।

साथै, उनले कीर्तिपुर ६ स्थित चोभारमा रहेको पैतृक जग्गामा आफ्नो र छोराको संयुक्त लगानीमा निर्माण भएको निजि निवास‌मा प्रतिशोधपूर्ण आगजनी भएको पनि उल्लेख गरेका छन् ।

त्यस्तै, आफ्नो घर पूर्णरूपमा ध्वस्त गराइएको अवस्थामा आफू मर्माहित भएको भन्दै सरकारले तत्काल २०४६ पछि सार्वजनिक पद‌ धारण गरेका व्यक्तिहरूको सम्पत्ति छानविन गर्नुपर्ने र छानबिन प्रक्रियामा आफुले समेत सहयोग गर्ने केसीले बताएका छन् ।

पटकपटक पशुपतिनाथको कसम खाँदै पूर्वमन्त्री एवं नेपाली काङ्ग्रेसका केन्द्रिय सदस्य समेत रहेका केसीले प्रतिशोधपूर्ण आगजनी, लुटपाट भएको अवस्थामा जसले क्षति पूर्याएको हो,उसैबाट क्षतिपूर्ती भराइनुपर्ने समेत उल्लेख गरेका छन् ।

त्यस्तै, मुलुकको हालको विषम परिस्थितीमा राष्ट्रिय ढुकुटीबाट आफुले कुनै पनि क्षतिपूर्ती माग नगर्ने केसीले जनाएका छन् ।

प्रतिक्रया दिनुहोस

थप अन्य समाचारहरू

देउवा दम्पतीविरुद्ध पक्राउ पुर्जी जारी

अमेरिका–इरान युद्ध दुई हप्ताको लागि रोकियो, होर्मुज पनि खोल्ने सहमति

चन्द्रागिरिमा धार्मिक अभियन्ता महतमाथि सांघातिक आक्रमण

पेट्रोलियम पदार्थको संकट : घरबाटै काम गर्न सरकारको आह्वान

सर्वोच्च अदालतद्वारा ओली र लेखकलाई हिरासतमुक्त गर्न आदेश

डिएसपी एलिजा गिरीको चन्द्रागिरि कार्यकाल : जटिल परिस्थितिमा उच्च साहस प्रदर्शन

कवि कविता र कफि कार्यक्रम सम्पन्न

नेपालभाषाविद् चित्रकार रहेनन्‌