विज्ञापन
No data was found

'चन्द्रागिरि औद्योगिक सांस्कृतिक, पर्यटन तथा व्यापार महोत्सव असोज २ गतेबाट'

विज्ञापन

काठमाडौं । दोस्रो चन्द्रागिरि औद्योगिक सांस्कृतिक, पर्यटन तथा व्यापार महोत्सव असोज २ गतेदेखि सुरु हुने भएको छ ।

विज्ञापन

चन्द्रागिरि नगरपालिका वडा नम्बर ६ बालागाउँ, मातातीर्थ फुटबल चौरमा हुन लागेको महोत्सवको तयारी धमाधम भइरहेको मातातीर्थ संरक्षण तथा विकास संस्थाका अध्यक्ष शान्त उदासले जानकारी दिएका छन् ।

विज्ञापन

मातातीर्थ संरक्षण तथा विकास संस्थाको मुख्य आयोजनामा तथा औद्योगिक शान्ति नेपाल संस्थाको सह-आयोजना हुन लागेको दोस्रो चन्द्रागिरि औद्योगिक सांस्कृतिक, पर्यटन तथा व्यापार महोत्सवमा नृत्य प्रतियोगिता, विशेष सांस्कृतिक कार्यक्रम, राष्ट्रिय कलाकारहरूको बेजोड प्रस्तुति, फेशन तथा नृत्यहरू, औद्योगिक उत्पादनको प्रदर्शन, सुचना तथा विज्ञान प्रविधिको प्रदर्शन जस्ता विभिन्न स्थानीय उत्पादनहरुको स्टल रहने छ ।

भदौ २६ गतेदेखि नै संचालनको तयारी गरिएको उक्त महोत्सव पछिल्लो आन्दोलन, प्रदर्शनका कारण असोज २ गतेदेखि १३ गतेसम्म हुन लागेको तथा स्टल बुकिङ खुल्ला भैसकेको आयोजक संस्थाका अध्यक्ष शान्त उदासले जानकारी दिएका छन् ।

२ गतेदेखि सुरु हुने उक्त महोत्सव अन्तर्गत असोज ६, १०, ११ १२ र १३ गते विशेष सांगीतिक कार्यक्रमको दिनमा केही शुल्न लाग्ने छ भने अन्य दिनमा प्रवेश निःशुल्क हुने आयोजकले जनाएको छ ।

मातातीर्थ संरक्षण तथा विकास संस्थाको आयोजना तथा औद्योगिक शान्ति नेपाल संस्थाको सह-आयोजनामा हुन लागेको औद्योगिक, साँस्कृतिक, व्यापार तथा पर्यटन महोत्सवबारे आयोजकले यसअघि पत्रकार सम्मेलन मार्फत भाद्र २६ गतेदेखि असोज ११ गतेसम्म जानकारी दिएका थिए । तर देशमा भएको विषम परिस्थितिका कारण सार्नुपरेको अध्यक्ष शान्त उदासले शोणितपुर खबरलाई जानकारी दिए ।

See less

प्रतिक्रया दिनुहोस

थप अन्य समाचारहरू

रास्वपा काठमाडौँ क्षेत्र नं. ९ का उम्मेदवार डीपीकाे चुनावी वाचापत्र सार्वजनिक

रवि लामिछानेको मुद्दा तत्काल फिर्ता नगर्ने कास्की अदालतको आदेश

रास्वपा झापा क्षेत्र नं. ५ का क्षेत्रीय परिषद् सदस्य भरत खनाल एमालेमा प्रवेश

नेवाः देय् दबू जामाच्व नगर समितिको शुभकामना तथा वडा समिति विस्तार कार्यक्रम सम्पन्न

नवीन दृष्टिकोण तथा नीतिगत स्पष्टताको खोजी गर्दै राजनीतिमा एउटा युवा : को हुन् प्रशान्त उप्रेती ?

मतदान केन्द्र र सुरक्षा अनुगमन घुम्ती टोलीमा खटिने कर्मचारीको दैनिक भत्ता २५ सय सम्म

निर्वाचन १७ दिन बाँकी : आजदेखि निर्वाचन प्रचार–प्रसार गर्न पाइने

चन्द्रागिरि साहित्य समाजद्वारा पाँच स्रष्टा सम्मानित, कविता प्रतियोगिताका पाँच विद्यार्थी पुरस्कृत