विज्ञापन
No data was found

'चन्द्रागिरि औद्योगिक सांस्कृतिक, पर्यटन तथा व्यापार महोत्सव असोज २ गतेबाट'

विज्ञापन

काठमाडौं । दोस्रो चन्द्रागिरि औद्योगिक सांस्कृतिक, पर्यटन तथा व्यापार महोत्सव असोज २ गतेदेखि सुरु हुने भएको छ ।

विज्ञापन

चन्द्रागिरि नगरपालिका वडा नम्बर ६ बालागाउँ, मातातीर्थ फुटबल चौरमा हुन लागेको महोत्सवको तयारी धमाधम भइरहेको मातातीर्थ संरक्षण तथा विकास संस्थाका अध्यक्ष शान्त उदासले जानकारी दिएका छन् ।

विज्ञापन

मातातीर्थ संरक्षण तथा विकास संस्थाको मुख्य आयोजनामा तथा औद्योगिक शान्ति नेपाल संस्थाको सह-आयोजना हुन लागेको दोस्रो चन्द्रागिरि औद्योगिक सांस्कृतिक, पर्यटन तथा व्यापार महोत्सवमा नृत्य प्रतियोगिता, विशेष सांस्कृतिक कार्यक्रम, राष्ट्रिय कलाकारहरूको बेजोड प्रस्तुति, फेशन तथा नृत्यहरू, औद्योगिक उत्पादनको प्रदर्शन, सुचना तथा विज्ञान प्रविधिको प्रदर्शन जस्ता विभिन्न स्थानीय उत्पादनहरुको स्टल रहने छ ।

भदौ २६ गतेदेखि नै संचालनको तयारी गरिएको उक्त महोत्सव पछिल्लो आन्दोलन, प्रदर्शनका कारण असोज २ गतेदेखि १३ गतेसम्म हुन लागेको तथा स्टल बुकिङ खुल्ला भैसकेको आयोजक संस्थाका अध्यक्ष शान्त उदासले जानकारी दिएका छन् ।

२ गतेदेखि सुरु हुने उक्त महोत्सव अन्तर्गत असोज ६, १०, ११ १२ र १३ गते विशेष सांगीतिक कार्यक्रमको दिनमा केही शुल्न लाग्ने छ भने अन्य दिनमा प्रवेश निःशुल्क हुने आयोजकले जनाएको छ ।

मातातीर्थ संरक्षण तथा विकास संस्थाको आयोजना तथा औद्योगिक शान्ति नेपाल संस्थाको सह-आयोजनामा हुन लागेको औद्योगिक, साँस्कृतिक, व्यापार तथा पर्यटन महोत्सवबारे आयोजकले यसअघि पत्रकार सम्मेलन मार्फत भाद्र २६ गतेदेखि असोज ११ गतेसम्म जानकारी दिएका थिए । तर देशमा भएको विषम परिस्थितिका कारण सार्नुपरेको अध्यक्ष शान्त उदासले शोणितपुर खबरलाई जानकारी दिए ।

See less

प्रतिक्रया दिनुहोस

थप अन्य समाचारहरू

जेन्जी मुभमेन्ट नेपालद्वारा संघर्षको घोषणा, कार्तिक २३ गते सभा गर्ने

करदाता सेवा कार्यालय खारेज, अब पान नम्बर स्थानीय तहबाटै लिन सकिने

घनश्याम, रामकुमारीसहित ६ नेतालाई पार्टी सदस्य नरहने गरी कारबाही

आज र भोलि देशभरका बालबालिकालाई भिटामिन ‘ए’ र जुकाको औषधि खुवाइँदै

चन्द्रागिरि केबलकार कात्तिक २२ गतेदेखि पुन; सञ्चालन हुँदै

चन्द्रागिरि केबलकार कात्तिक २२ गतेदेखि पुन; सञ्चालन हुँदै

प्रदेश मन्त्री सुरेश श्रेष्ठले भेटे पूर्वमन्त्री रमा आलेमगरलाई

प्रहरी कार्यालय तोडफोड आरोपमा पक्राउ परेर हाजिरी जमानीमा छुटेका ८ जना आफै उपस्थित