काठमाडौं । नेपाली आज विश्व क्रिकेटको पावरहाउस वेस्ट इन्डिजसँग ऐतिहासिक टी-२० सिरिजको पहिलो खेल खेल्दैछ । यूएईको दुबईस्थित सारजहा क्रिकेट मैदानमा नेपाली समयअनुसार राति ८:१५ बजे यो बहुप्रतिक्षित भिडन्त सुरु हुनेछ ।
विज्ञापन
यस किसिमको उच्च प्रोफाइल सिरिजले नेपाली खेलाडीहरूलाई अन्तर्राष्ट्रिय स्तरमा आफ्नो क्षमता प्रदर्शन गर्ने उत्कृष्ट मञ्च प्रदान गर्नेछ । सिरिजका अन्य दुई खेल असोज १३ र १४ गते खेलिनेछन् ।
विज्ञापन
वेस्ट इन्डिजविरुद्ध खेल्ने नेपाली टोलीहरुमा रोहितकुमार पौडेल (कप्तान), दीपेन्द्र सिंह ऐरी (उपकप्तान), कुशल भुर्तेल, लोकेस बम, कुशल मल्ल, आसिफ सेख, आदील आलम, करण केसी, नन्दन यादव, सन्दीप लामिछाने, सन्दीप जोरा, आरिफ सेख, ललित नारायण राजवंशी, गुलशन झा, सोमपाल कामी, साहब आलम ।