विज्ञापन
No data was found

'सतुङ्गल क्याम्पस टोलमा सुरक्षा साइरन जडान, सुरक्षातर्फ ऐतिहासिक कदम'

काठमाडौं  । चन्द्रागिरि नगरपालिका वडा नं १०, सतुङ्गलस्थित काठमाडौं शिक्षा क्याम्पस लगायत टोलमा सामुदायिक सुरक्षा साइरन प्रणाली जडानको विधिवत डेमो प्रदर्शन गरी उद्घाटन सम्पन्न गरिएको छ ।

विज्ञापन

यसअघि सो टोलमा काठमाडौँ शिक्षा क्याम्पसको सहयोगमा सडक बत्ती जडानको काम समेत सम्पन्न भइसकेको छ भने साइरन जडानको लागि ८० हजार खर्च भएकोमा सो रकमको व्यवस्थापन स्थानीय समाजसेवी प्रकाश मैनालीबाट १५ हजार र अन्य रकमको व्यवस्था काठमाडौँ शिक्षा क्याम्पस लगायत स्थानीय उद्योगी, व्यवसायी र प्रत्येक सदस्य घरपरिवारबाट गरिने कुरा समितिका सल्लाहकार आशिष खनालले बताएका छन् ।

विज्ञापन

चाडपर्वको अवसर र हालै भएको जेनजी आन्दोलन पश्चात समाजमा सुरक्षा, चुनौती बढेकोले टोलका युवाहरूले विगत १५ दिनदेखि टोलमा गस्ती गरिरहेको तथा सो अभियान दसैं, तिहारसम्म चल्ने कुरा बताइएको छ ।

सुरक्षा साइरनको डेमो प्रदर्शनीमा क्याम्पस टोलका प्रत्येक घरपरिवारबाट एक-एक जना सदस्यको सहभागिता रहेको थियो । क्याम्पस टोल सुरक्षा समितिका अध्यक्ष सुदन रोक्काले टोल सुरक्षाका लागि समुदायकै पहलमा गठन गरिएको “क्याम्पस टोल सुरक्षा समिति“को उद्देश्य, भावी कार्ययोजना र सुरक्षा साइरन प्रणालीले ल्याउने परिवर्तनबारे आफ्नो धारणा प्रस्तुत गरेका थिए ।

सुरक्षा साइरन जडान गर्नका लागि राम-लक्ष्मण प्रा.लि.का निर्देशक विराज पाण्डेले प्राविधिक सहयोग गर्दै गरेका थिए । पाण्डेले हालसम्म देशभर करिब १३ हजार यस्ता साइरन सुरक्षा प्रणाली जडान भइसकेको जानकारी दिँदै, अपराध र आपराधिक गतिविधिलाई ठूलो स्तरमा नियन्त्रण गर्न सुरक्षा साइरनले प्रभावकारी भूमिका खेल्ने बताए ।

साथै, पाण्डेले सुरक्षा प्रणालीका विविध पक्षका बारेमा जानकारी गराउदै साइरन आवश्यकता अनुसार मात्र बजाउन अनुरोध गरेका थिए ।

सुरक्षा प्रणाली अनुसार प्रत्येक घर परिवारबाट दुईजना आधिकारिक व्यक्तिलाई साइरन बटन थिच्ने अधिकार प्रदान गरिएको छ । यो प्रणाली एक घरको दुईवटा मोबाइलमा इन्स्टल गरिएको छ भने, साइरन उपकरण काठमाडौं शिक्षा क्याम्पसको मध्ये भागमा राखिएको छ ।

टोलभरि सजिलै र सदस्यहरूको आ-आफ्नो मोबाइलमा नेपालको जुनसुकै भागमा सुनिने र जहाँबाट पनि सो सुविधा लिन सक्ने प्रावधान आफैमा सकारात्मक रहेको र यसले क्याम्पसको टोल सुरक्षा प्रणालीलाई अत्याधुनिक बनाएकोमा क्याम्पस प्रमुख तथा क्याम्पस टोल सुरक्षा समितिका सल्लाहकार शत्रुघ्न प्रसाद गुप्ताले खुसी व्यक्त गर्दै सबै टोलवासीलाई धन्यवाद दिएका थिए ।

प्रतिक्रया दिनुहोस

थप अन्य समाचारहरू

देउवा दम्पतीविरुद्ध पक्राउ पुर्जी जारी

अमेरिका–इरान युद्ध दुई हप्ताको लागि रोकियो, होर्मुज पनि खोल्ने सहमति

चन्द्रागिरिमा धार्मिक अभियन्ता महतमाथि सांघातिक आक्रमण

पेट्रोलियम पदार्थको संकट : घरबाटै काम गर्न सरकारको आह्वान

सर्वोच्च अदालतद्वारा ओली र लेखकलाई हिरासतमुक्त गर्न आदेश

डिएसपी एलिजा गिरीको चन्द्रागिरि कार्यकाल : जटिल परिस्थितिमा उच्च साहस प्रदर्शन

कवि कविता र कफि कार्यक्रम सम्पन्न

नेपालभाषाविद् चित्रकार रहेनन्‌