विज्ञापन
No data was found

'चन्द्रागिरिमा रोल बल र स्केटिङ च्याम्पियनसिपकाे फाइनल खेल आज हुँदै'

काठमाडौं। नेपाल रोल बल संघको आयोजनामा चन्द्रागिरिमा पाँचौ अन्तरविद्यालय रोल बल तथा स्केटिङ रेस च्याम्पियनसिप र छैठौं राष्ट्रिय रोल बल लिग २०२५ सुरु भएका छन्। दुईदिने यो प्रतियोगिता रिब्स स्कुल, चन्द्रागिरी–५ मा आयोजना गरिएको हो।

विज्ञापन

संघका अनुसार असोज २४ र २५ गते (अक्टोबर १०–११, २०२५) सम्म चल्ने प्रतियोगितामा विद्यालय तहका विद्यार्थीबीच रोल बल खेल र स्केटिङ रेसमा प्रतिस्पर्धा हुनेछ भने राष्ट्रिय लिगअन्तर्गत देशभरका पुरुष र महिला खेलाडीबीच रोमाञ्चक प्रतिस्पर्धा हुनेछ।

विज्ञापन

रोल बल संघका अनुसार विद्यालय स्तरको प्रतियोगिताको उद्देश्य विद्यार्थीलाई खेलकुदमा प्रोत्साहन गर्दै उनीहरूमा खेल भावना विकास गर्नु र नयाँ प्रतिभा पहिचान गर्नु रहेको छ। त्यस्तै, राष्ट्रिय लिगमार्फत उत्कृष्ट खेलाडी छनोट गरी रोल बल खेललाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरसम्म विस्तार गर्ने लक्ष्य राखिएको छ।

प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्ने टोली तथा खेलाडीलाई पुरस्कार र सम्मान प्रदान गरिने आयोजकले जनाएको छ। साथै, कार्यक्रम हेर्नका लागि सर्वसाधारणका लागि निःशुल्क प्रवेशको व्यवस्था गरिएको छ।

चन्द्रागिरि नगरपालिका वडा नम्बर १५ का वडाअध्यक्ष धनश्याम लुइँटेलको प्रमुख आतिथ्यतामा सुरु हुने उक्त प्रतियोगिताको फाइनल खेल आज दिउँसो २ बजेदेखि हुने आयोजक विरकृष्ण महर्जनले शोणितपुर खबरलाई जानकारी दिए ।

प्रतिक्रया दिनुहोस

थप अन्य समाचारहरू

देउवा दम्पतीविरुद्ध पक्राउ पुर्जी जारी

अमेरिका–इरान युद्ध दुई हप्ताको लागि रोकियो, होर्मुज पनि खोल्ने सहमति

चन्द्रागिरिमा धार्मिक अभियन्ता महतमाथि सांघातिक आक्रमण

पेट्रोलियम पदार्थको संकट : घरबाटै काम गर्न सरकारको आह्वान

सर्वोच्च अदालतद्वारा ओली र लेखकलाई हिरासतमुक्त गर्न आदेश

डिएसपी एलिजा गिरीको चन्द्रागिरि कार्यकाल : जटिल परिस्थितिमा उच्च साहस प्रदर्शन

कवि कविता र कफि कार्यक्रम सम्पन्न

नेपालभाषाविद् चित्रकार रहेनन्‌