विज्ञापन
No data was found

'ओमानमा जारी आईसीसी टी-२०: सुपर सिक्समा नेपालको खेलतालिका सार्वजनिक'

काठमाडौं । ओमानमा जारी आईसीसी टी-२० विश्वकप एसिया तथा इस्ट एसिया प्यासिफिक छनोटमा सुपर सिक्सको समीकरण पूरा भएको छ ।

विज्ञापन

नेपालले समूह २ को विजेताका रूपमा २ अंक लिएर सुपर सिक्समा प्रवेश गरेको छ । यस्तै, समूह १ को विजेता यूएईले २ अंक र समूह ३ को विजेता ओमानले ३ अंकका साथ सुपर सिक्समा आफ्नो बलियो उपस्थिति देखाएका छन् । हाल सुपर सिक्सको अंकतालिकामा ओमान ३ अंकसहित शीर्ष स्थानमा छ भने नेपाल र यूएई २-२ अंकका साथ क्रमशः दोस्रो र तेस्रो स्थानमा छन् । नेट रनरेटका आधारमा नेपालले यूएईलाई पछि पारेको छ । कतार, जापान र सामोआ क्रमशः चौथो, पाँचौं र छैटौं स्थानमा छन् ।

विज्ञापन

नेपालको विश्वकप यात्रा अब सुपर सिक्सका चार महत्त्वपूर्ण खेलमा निर्भर छ । शीर्ष तीनमा पर्नका लागि नेपाललाई कम्तिमा तीन जित आवश्यक पर्नेछ, यद्यपि दुई जितले पनि रनरेटका आधारमा सम्भावना कायम राख्न सक्छ ।

नेपालले सुपर सिक्सको पहिलो खेलमै आफ्नो चिरपरिचित प्रतिद्वन्द्वी यूएई सँग भिड्नेछ । यो खेल आइतबार अपराह्न सवा ४ बजे सुरु हुनेछ । 

नेपालको सुपर सिक्सको खेलतालिका:

  • नेपाल भर्सेस् यूएई: २६ असोज (आइतबार, दिउँसो ४:१५ बजे)

  • नेपाल भर्सेस् कतार: २७ असोज (सोमबार, बिहान ८:४५ बजे)

  • नेपाल भर्सेस् सामोआ: २९ असोज (बुधबार, बिहान ८:४५ बजे)

  • नेपाल भर्सेस् ओमान: ३० असोज (बिहीबार, दिउँसो ४:१५ बजे)

प्रतिक्रया दिनुहोस

थप अन्य समाचारहरू

देउवा दम्पतीविरुद्ध पक्राउ पुर्जी जारी

अमेरिका–इरान युद्ध दुई हप्ताको लागि रोकियो, होर्मुज पनि खोल्ने सहमति

चन्द्रागिरिमा धार्मिक अभियन्ता महतमाथि सांघातिक आक्रमण

पेट्रोलियम पदार्थको संकट : घरबाटै काम गर्न सरकारको आह्वान

सर्वोच्च अदालतद्वारा ओली र लेखकलाई हिरासतमुक्त गर्न आदेश

डिएसपी एलिजा गिरीको चन्द्रागिरि कार्यकाल : जटिल परिस्थितिमा उच्च साहस प्रदर्शन

कवि कविता र कफि कार्यक्रम सम्पन्न

नेपालभाषाविद् चित्रकार रहेनन्‌