विज्ञापन
No data was found

'रौतहटमा साढे ४ लाख घुससहित प्रधानाध्यापक पक्राउ'

काठमाडाैं । शिक्षक नियुक्तिका लागि लिएको घुस रकमसहित अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले प्रधानाध्यापकलाई पक्राउ गरेको छ।

विज्ञापन

आयोगका प्रवक्ता राजेन्द्र कुमार पौडेलका अनुसार ४ लाख ५० हजार घुस रकमसहित रौतहटको धरहरीस्थित श्री जय किसान माध्यमिक विद्यालयका प्रधानाध्यापक सञ्जय प्रसादसमेत २ जनालाई नियन्त्रणमा लिइएको हो।

विज्ञापन

उक्त विद्यालयले शिक्षक आवश्यकता भनी खुलाएको विज्ञापनमा सेवाग्राहीले रीतपूर्वक दरखास्त दिएमामा प्रधानाध्यापक सञ्जयले नियुक्तिका लागि बिचौलिया अरविन्द प्रकाश साहकानुमार्फत घुस लिएको उनले बताए।

प्रधानाध्यापक सञ्जय र बिचौलिया अरविन्दलाई घुस रकमसहित पर्साको वीरगन्ज महानगरपालिका वडा नं. १३ अदालत रोडस्थित होटलबाट शुक्रबार पक्राउ गरिएको अख्तियारका प्रवक्ता पौडेलले जानकारी दिए।

घटनाबारे थप अनुसन्धान भइरहेको उनले बताए।

प्रतिक्रया दिनुहोस

थप अन्य समाचारहरू

देउवा दम्पतीविरुद्ध पक्राउ पुर्जी जारी

अमेरिका–इरान युद्ध दुई हप्ताको लागि रोकियो, होर्मुज पनि खोल्ने सहमति

चन्द्रागिरिमा धार्मिक अभियन्ता महतमाथि सांघातिक आक्रमण

पेट्रोलियम पदार्थको संकट : घरबाटै काम गर्न सरकारको आह्वान

सर्वोच्च अदालतद्वारा ओली र लेखकलाई हिरासतमुक्त गर्न आदेश

डिएसपी एलिजा गिरीको चन्द्रागिरि कार्यकाल : जटिल परिस्थितिमा उच्च साहस प्रदर्शन

कवि कविता र कफि कार्यक्रम सम्पन्न

नेपालभाषाविद् चित्रकार रहेनन्‌