काठमाडौं । नेपालले आईसीसी टी-२० विश्वकप एसिया तथा इस्ट एसिया प्यासिफिक छनोटकाे उपाधि नजिक पुगेको छ । बुधबार भएको रोमाञ्चक खेलमा ओमानलाई ३८ रनले पराजित गर्दै नेपालले चार खेलबाट आठ अंक जोडेर शीर्षस्थानमा पुगेको छ ।
विज्ञापन
यसअघि नै टी-२० विश्वकपका लागि छनोट भइसकेका नेपाल र ओमानका लागि यो खेल समूह विजेता बन्नका लागि महत्वपूर्ण थियो । आजको जितसँगै नेपालले ४ खेलमा ८ अंकका साथ शीर्षस्थानमा आफूलाई बलियो बनाएको छ । नेपालले यसअघि यूएई र कतारलाई पनि पराजित गरेको थियो ।
विज्ञापन
अब नेपालले शुक्रबार सामोआसँग आफ्नो अन्तिम लिग खेल खेल्नेछ ।