विज्ञापन
No data was found

'बागमती मुख्यमन्त्री बानियाँले आफ्नो सेवासुविधाबाट निर्मित घर आगामी मंगलबार मिठुमायाँलाई हस्तान्तरण गर्दै'

काठमाडाैं । बागमती प्रदेशका मुख्यमन्त्री तथा नेपाली कांग्रेस बागमती प्रदेशका सभापति इन्द्रबहादुर बानियाँले आफुले पाउने सेवा सुबिधाबाट निर्माण गरिदिएको घर मनहरी गाउँपालिका–९ ज्यामिरे निवासी मिठुमायाँ सुनारलाई हस्तान्तरण गर्दैछन् ।

विज्ञापन

मुख्यमन्त्री बानियाँको व्यक्तिगत पहलमा निर्माण गरिएको घर हस्तान्तरणसँगै मिठुमायाँ अब आफ्नै घरमा बास बस्न लागेकी हुन् ।

विज्ञापन

नेपालीहरुको महान पर्व तिहारको अवसरमा कार्तिक २ गते मंगलबार बिहान मिठुमायाँलाई घर हस्तान्तरण गरिने मुख्यमन्त्री बानियाँको सचिवालयले जानकारी दिएको छ ।

मुख्यमन्त्री बानियाँले आफ्नो निर्वाचन क्षेत्रको राक्सीराङ्ग गाउँपालिका १ इन्द्रुङ्गका सुमनसिं चेपाङको अर्को घरसमेत द्रुतगतिमा निर्माण भईरहेको र कात्तिक महिनाभित्र सम्पन्न गरी हस्तान्तरण गरिने मुख्यमन्त्री बानियाँको सचिवालयले जनाएको छ ।

मुख्यमन्त्री बानियाँले यसअघि पनि मकवानपुरको बकैया गाउँपालिका–५, गरगरेमा आगलागीबाट घर गुमाएका पीडितलाई १ लाख रुपैयाँ व्यक्तिगत सहयोग गरेका थिए।

बानियाँ नेतृत्वको पहिलो मन्त्रिपरिषद बैठकमा मुख्यमन्त्रीले आफूले पाउने तलब भत्ता र आफ्नो सचिवालयलाई प्राप्त अन्य सेवासुविधा कटौती गर्दै विपन्न परिवारको घर निर्माणमा खर्चिने घोषणा गरेका थिए।

त्यसैगरी, उक्त बैठकले प्रदेशभरका आर्थिक रुपमा पछाडि परेका जेहेन्दार विद्यार्थीलाई मेडिकल शिक्षा अध्ययनका लागि पूर्ण छात्रवृत्ति दिने निर्णयसमेत गरेको थियो ।

प्रतिक्रया दिनुहोस

थप अन्य समाचारहरू

देउवा दम्पतीविरुद्ध पक्राउ पुर्जी जारी

अमेरिका–इरान युद्ध दुई हप्ताको लागि रोकियो, होर्मुज पनि खोल्ने सहमति

चन्द्रागिरिमा धार्मिक अभियन्ता महतमाथि सांघातिक आक्रमण

पेट्रोलियम पदार्थको संकट : घरबाटै काम गर्न सरकारको आह्वान

सर्वोच्च अदालतद्वारा ओली र लेखकलाई हिरासतमुक्त गर्न आदेश

डिएसपी एलिजा गिरीको चन्द्रागिरि कार्यकाल : जटिल परिस्थितिमा उच्च साहस प्रदर्शन

कवि कविता र कफि कार्यक्रम सम्पन्न

नेपालभाषाविद् चित्रकार रहेनन्‌