काठमाडाैं । प्रहरी कार्यालय तोडफोड, आगजनी तथा लुटपाटमा संलग्न १५ जनालाई पक्राउ गरिएको छ ।
भदौ २४ गते भएको जेन-जी आन्दोलन, प्रदर्शनका क्रममा प्रहरी कार्यालयहरूमा आगजनी, तोडफोड, चोरी तथा लुटपाटमा संलग्न रहि हतियार प्रदर्शन गर्ने १५ जना व्यक्तिहरूलाई पक्राउ गरि थप अनुसन्धान अगाडि बढाइएको छ ।
पक्राउ परेका व्यक्तिहरूमा महोत्तरी, बर्दिबास ५ का २५ वर्षीय सुजन वाईवा, दोलखा, मेलुङ गाउँपालिका ६ का २४ वर्षीय युवराज भण्डारी, कञ्चनपुर, भिमदत्त नगरपालिका ६ का २५ वर्षीय अनिल बुढा, गोरखा, आजिरकोट गाउँपालिका ५ का २१ वर्षीय निखिल भुजेल, भारत, राजस्थान प्रदेश जयपुर ग्राम पञ्चायतका २४ वर्षीय सोयव खान, कञ्चनपुर, महेन्द्रनगर औठपुरका २० वर्षीय विकाश आग्री, दोलखा, शैलुङ गाँउपालिका ८ ( हाल चन्द्रागिरि नगरपालिका बलम्बु बस्ने) २१ वर्षीय तिर्थमान तामाङलाई पक्राउ गरिएको हो ।
त्यस्तै, मकवानपुर, बकैया गाउँपालिका १ का २७ वर्षीय राजेश तामाङ, काठमाडौं, नागार्जुन नगरपालिका ८ का ३२ वर्षीय मोहन तामाङ, नुवाकोट, ककनी गाउँपालिका १ का ३१ वर्षीय सुवाष तामाङ सिन्धुली, सुनकोसी गाउँपालिका १ का २५ वर्षीय सुचेन तामाङ, काभ्रे, धुलिखेल नगरपालिका ११ का ४१ वर्षीय सुवाष गोतामे, कंचनपुर, बेलौरी नगरपालिका १ भैसाखीका २७ वर्षीय भुवन शाही, सिन्धुपाल्चोक, इरखु गाउँपालिका १ का २९ वर्षीय सविन राई तथा महोत्तरी, लोहरपट्टी गाउँपालिका ७ का २४ वर्षीय गोविन्द कुमार ठाकुरलाई पक्राउ गरि थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी परिसर काठमाडौंका सूचना अधिकारी, प्रहरी उपरीक्षक पवन कुमार भट्टराईले जानकारी दिएका छन् ।