विज्ञापन

'प्रेसर कुकरबाट हुने दुर्घटनाबाट कसरी बच्ने ?'

प्रेसर कुकरको प्रयोग नगर्ने भान्सा वा घर अहिलेको समयमा विरलै होला । समयको बचत र छिटो भात, तरकारी पकाउन सहज हुने भाँडोको रूपमा चिनिएको प्रेसर कुकर पड्केर धनजनको समेत क्षति हुने गरेका घटनाहरू पनि उत्तिकै छन् ।

विज्ञापन

तसर्थ, प्रेसर कुकर प्रयोग गर्नुअघि अपनाउनुपर्ने सावधानीहरूबारे जानी राखौं । सकेसम्म स्टेलनेस स्टील अथवा ननस्टिकी प्रेसर कुकर मात्र प्रयोग गर्नुहोस् ।

विज्ञापन

> रबर ग्यास्केट (रिङ) फुलेको, च्यातिएको वा कडा भएको छ कि छैन हेर्नुहोस् , बिग्रिएको भए तुरुन्त फेर्नुहोस् ।

> भेन्ट पाइप र सेफ्टी भल्भ सफा र खुला छन् कि छैनन् जाँच्नुहोस् ।

> कुकरमा खाना वा पानी आधाभन्दा बढी मात्र राख्नुहोस्-अत्याधिक भरेमा विस्फोट हुन सक्छ ।

> कुकर प्रयोग गर्दा ढकनी ठीकसँग बन्द भएको सुनिश्चित गर्नुहोस् ।

> स्टिम (भाप) आउन सुरु भएपछि मात्र प्रेसर लगाउने प्वाल बन्द गर्नुहोस् ।

> ठूलो आगोमा राखेर प्रेसर कुकरमा नपकाउनुहोस् । सधैं मध्यम वा हल्का आँच प्रयोग गर्नुहोस् ।

> कुकरको भल्भबाट भाप निस्कँदै छ भने त्यसको नजिक नजानोस् ।

> खाना पकाइसकेपछि तातो कुकरलाई तुरुन्त खोल्ने प्रयास नगर्नुहोस्, पहिले प्रेसर स्वाभाविक रूपमा घट्न दिनुहोस् ।

> जब भल्भबाट वाफ निस्कँदैन, त्यतिबेला मात्र ढकनी सावधानीपूर्वक खोल्नुहोस् ।

> नियमित रूपमा रबर, सेफ्टी भल्भ र भेन्ट पाइप सफा र जाँच गर्नुहोस् ।

साथै, बच्चाहरूको पहूँचबाट टाढा राख्नुहोस् ।

प्रतिक्रया दिनुहोस

थप अन्य समाचारहरू

आज २५७०औं बुद्ध जयन्ती, चन्द्रागिरिमा विशेष कार्यक्रम

अतिक्रमित संरचना हटाउन गृहको कडा निर्देशन: सुरक्षा प्रबन्ध मिलाउन देशभरका सीडीओलाई परिपत्र

चन्द्रागिरि नगरपालिका वडा नं १० द्वारा कफी तालिम सम्पन्न

प्रहरीले  ८ दिनमा देशभरबाट लागूऔषध कारोबारमा संलग्न १ हजार बढी व्यक्ति पक्राउ

जलजला जिप दुर्घटना: मृतकको संख्या २० पुग्यो

चन्द्रागिरि पत्रकार संघद्वारा पत्रकार श्रेष्ठका दिवंगत पिताप्रति श्रद्धाञ्जलि व्यक्त

​राष्ट्रिय स्वतन्त्र पार्टी, चन्द्रागिरि नगर समितिको विशेष बैठक सम्पन्न

मन्त्री बिन्दु श्रेष्ठको दौडधुप, उद्योग सम्बन्धि बजेट निर्माणका लागि जिल्ला, जिल्लामा अन्तर्कृया कार्यक्रम