विज्ञापन

'राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणद्वारा सतर्कताका लागि अनुरोध'

काठमाडाैं । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले सम्भावित हिमपात र वर्षाबाट सचेत रहन अनुरोध गरेको छ ।

विज्ञापन

जल तथा मौसम विज्ञान विभागका अनुसार बंगालको खाडीमा विकसित चक्रवात ‘मोन्या’का कारण २०८२ कार्तिक १३ गते बिहीबार दिउँसोदेखि कार्तिक १५ गते शनिबार बिहानसम्म कोशी, मधेश र बागमती प्रदेशको मौसम प्रभावित हुने देखिएको साथै उक्त प्रणालीको प्रभावबाट मधेश र कोशी प्रदेशका धेरै स्थान तथा बागमती प्रदेशका केही स्थानमा मध्यम वर्षाको सम्भावना रहेको तथा मधेश र कोशी प्रदेशका एक-दुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको त्यस्तै, गण्डकी र लुम्बिनी प्रदेशका पूर्वी भू-भागका थोरै स्थानमा हल्का वर्षाको सम्भावना रहेको पूर्वानुमान गरेपछि प्राधिकरणले सतर्क रहन आव्हान गरेको हो ।

विज्ञापन

प्राधिकरणका अनुसार प्रभावित हुनसक्ने कोशी प्रदेशका संखुवासभा, ताप्लेजुङ, पाँचथर, तेहयूम, भोजपुर, धनकुटा, इलाम, झापा, मोरङ र सुनसरी र मधेश प्रदेशका बारा, पर्सा, सर्लाही, रौतहट, महोत्तरी, धनुषा र सप्तरी तथा बागमती प्रदेशका काठमाडौं, भक्तपुर, ललितपुर, काभ्रे, सिन्धुपाल्चोक, दोलखा, मकवानपुर, चितवन र सिन्धुलीलगायत क्षेत्रमा मध्यम हिमपातको सम्भावना रहेकोले सजक रहन भनिएको हो ।

उक्त अवधिमा बागमती, कमला, कोशी र कन्काई नदी र यी नदीका सहायक नदीमा बहाच उल्लेख्य बढ्ने र कोशी, बागमती र मधेश प्रदेशका महाभारत, चुरे भई बहने स-साना नदीनालाहरूमा आकस्मिक बहाव हुन सक्ने सम्भावना समेत रहेको बताइएको छ ।

प्रतिक्रया दिनुहोस

थप अन्य समाचारहरू

आज २५७०औं बुद्ध जयन्ती, चन्द्रागिरिमा विशेष कार्यक्रम

अतिक्रमित संरचना हटाउन गृहको कडा निर्देशन: सुरक्षा प्रबन्ध मिलाउन देशभरका सीडीओलाई परिपत्र

चन्द्रागिरि नगरपालिका वडा नं १० द्वारा कफी तालिम सम्पन्न

प्रहरीले  ८ दिनमा देशभरबाट लागूऔषध कारोबारमा संलग्न १ हजार बढी व्यक्ति पक्राउ

जलजला जिप दुर्घटना: मृतकको संख्या २० पुग्यो

चन्द्रागिरि पत्रकार संघद्वारा पत्रकार श्रेष्ठका दिवंगत पिताप्रति श्रद्धाञ्जलि व्यक्त

​राष्ट्रिय स्वतन्त्र पार्टी, चन्द्रागिरि नगर समितिको विशेष बैठक सम्पन्न

मन्त्री बिन्दु श्रेष्ठको दौडधुप, उद्योग सम्बन्धि बजेट निर्माणका लागि जिल्ला, जिल्लामा अन्तर्कृया कार्यक्रम