विज्ञापन

'चन्द्रागिरि नगरपालिकाको बलम्बुमा ऐतिहासिक महाँलक्ष्मी, सिन्दुर जात्रा शुरू'

काठमाडौं उपत्यकाको चन्द्रागिरि नगरपालिका वडा नं १२ स्थित बलम्बुमा महाँलक्ष्मी अर्थात सिन्दुर जात्रा शुरू भएको छ । यो जात्रा कात्तिक पूर्णिमाको अघिल्लो दिनदेखि शुरू भई मार्ग कृष्णपक्षको प्रतिपदासम्म गरी तीन दिन मनाइन्छ ।

विज्ञापन

यसलाई न्हूँद नेपाल संवत् (नयाँ वर्ष) शुरू भएपछिको पहिलो जात्राको रूपमा लिइन्छ । स्थानीय भाषामा बलम्बुको जात्रालाई लाटिमर, त्यसको एक सातापछि थानकोटमा हुने जात्रालाई सकिमरः र एक महिनापछि सतुंगलमा हुने जात्रालाई बखुमरः (सातगाउँले जात्रा( भनिन्छ । जात्रा दुवा गुठीद्वारा सञ्चालन गरिन्छ । मूः (मुख्य (जात्रा र सिन्हः या जात्रा भनी  सिन्दूर जात्रा गरिएको छ । सिन्हःया जात्रामा छोरीबेटी, आफन्त नातागोता पाहुना बोलाउने चलन छ ।

विज्ञापन

द्वारे घरबाट ऐतिहासिक खड्ग पीठमा ल्याई गरिने जात्रा र ढकीमा राखी कुमारीको मूर्तिको नगर परिक्रममा गराइने जात्राको अर्को विशेषता हो । जात्रा मनाउन कुमारी घर, महाँलक्ष्मी र गणेश मन्दिरबाट विधिवत् रूपमा पूजाआजा गरी देवता बाहिर ल्याउने गरिन्छ ।

जात्रामा महाँलक्ष्मी, गणेशलाई शिखर शैलीको छुट्टाछुट्टै रथमा राखेर सांस्कृतिक बाजागाजाको साथमा टोलटोलमा परिक्रमा गराउने प्रचलन रहिआएको छ ।

यसै अवसरमा चन्द्रागिरि नगरपालिका वडा नम्बर १२ को वडा कार्यालय कार्तिक १३ र १४ गते बन्द हुने भएको छ ।

प्रतिक्रया दिनुहोस

थप अन्य समाचारहरू

आज २५७०औं बुद्ध जयन्ती, चन्द्रागिरिमा विशेष कार्यक्रम

अतिक्रमित संरचना हटाउन गृहको कडा निर्देशन: सुरक्षा प्रबन्ध मिलाउन देशभरका सीडीओलाई परिपत्र

चन्द्रागिरि नगरपालिका वडा नं १० द्वारा कफी तालिम सम्पन्न

प्रहरीले  ८ दिनमा देशभरबाट लागूऔषध कारोबारमा संलग्न १ हजार बढी व्यक्ति पक्राउ

जलजला जिप दुर्घटना: मृतकको संख्या २० पुग्यो

चन्द्रागिरि पत्रकार संघद्वारा पत्रकार श्रेष्ठका दिवंगत पिताप्रति श्रद्धाञ्जलि व्यक्त

​राष्ट्रिय स्वतन्त्र पार्टी, चन्द्रागिरि नगर समितिको विशेष बैठक सम्पन्न

मन्त्री बिन्दु श्रेष्ठको दौडधुप, उद्योग सम्बन्धि बजेट निर्माणका लागि जिल्ला, जिल्लामा अन्तर्कृया कार्यक्रम