विज्ञापन
No data was found

'खानेपानी तथा सरसफाइ डिभिजनका प्रमुखसहित चार जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर'

काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बारास्थित खानेपानी तथा सरसफाइ डिभिजन कार्यालय, डिभिजन नम्बर ४ कलैयाका तत्कालीन निमित्त डिभिजन प्रमुख किशोरी प्रसाद यादवसहित चार जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ ।

विज्ञापन

उनीहरूविरुद्ध जनहरी ३ लाख १६ हजार ५७० बिगो मागदाबीसहित विशेष अदालत, काठमाडौँमा आयोले भ्रष्टाचार मुद्दा दायर गरेको हो । बोलपत्रको सूचना सार्वजनिक नगरी मिलेमतोमा ठेक्का लगाई अनियमितता गरेको आरोपमा उनीहरूविरुद्ध आरोपपत्र दायर गरिएको आयोगले जनाएको छ ।

विज्ञापन

आयोगले जारी गरेको प्रेस विज्ञप्तिअनुसार आर्थिक वर्ष २०७९/०८० मा बारा जिल्लाअन्तर्गत विभिन्न निर्माण कार्यका लागि २३ वटा बोलपत्र आह्वानको सूचना राष्ट्रियस्तरको दैनिक पत्रिकामा प्रकाशन गर्नुपर्नेमा सो नगरी भ्रष्टाचार भएको पाइएको हो ।

निमित्त डिभिजन प्रमुख यादव र लेखापाल प्रदिप दासले सान्दर्भिक मिडिया नेटवर्क प्रालिका प्रबन्धक निसान्त सिग्देल र प्रभाव दैनिकका बजार प्रबन्धक सन्तोषराज खरेलसँग मिलेमतोमा सूचना लुकाइ छिपाइ, सार्वजनिक नगरीकनै ठेक्काको अभिलेखमा राख्नका लागि प्रभाव दैनिक पत्रिकाको एक प्रति मात्र प्रकाशित गरेको आयोगको आरोप छ ।

प्रतिक्रया दिनुहोस

थप अन्य समाचारहरू

देउवा दम्पतीविरुद्ध पक्राउ पुर्जी जारी

अमेरिका–इरान युद्ध दुई हप्ताको लागि रोकियो, होर्मुज पनि खोल्ने सहमति

चन्द्रागिरिमा धार्मिक अभियन्ता महतमाथि सांघातिक आक्रमण

पेट्रोलियम पदार्थको संकट : घरबाटै काम गर्न सरकारको आह्वान

सर्वोच्च अदालतद्वारा ओली र लेखकलाई हिरासतमुक्त गर्न आदेश

डिएसपी एलिजा गिरीको चन्द्रागिरि कार्यकाल : जटिल परिस्थितिमा उच्च साहस प्रदर्शन

कवि कविता र कफि कार्यक्रम सम्पन्न

नेपालभाषाविद् चित्रकार रहेनन्‌