काठमाडाैं । चन्द्रागिरि नगरपालिकाको वडा नं ४ थानकोटले राष्ट्रिय परिचयपत्र वितरण सम्बन्धी म्याद थपेको छ ।
विज्ञापन
थानकोटस्थित वडा कार्यालयबाट भदौ ८ गतेदेखि राष्ट्रिय परिचयपत्र वितरण हुँदै आइरहेकोमा अझै पनि केही वडाबासीहरूको राष्ट्रिय परिचयपत्र लिन बाँकी रहेको र म्याद थप गरिदिन अनुरोध समेत गरिएकोले पुनः मंसिर ४ गतेसम्म म्याद थप गरिएको वडाध्यक्ष कृष्ण प्रसाद खड्गीले जानकारी दिएका छन् ।
विज्ञापन
अन्य वडा भन्दा तुलनात्मक रूपमा वडा नं ४ थानकोटको जनसंख्या बढी भएको मानिन्छ । यसअघि वडाले कार्तिक ३० गतेसम्म राष्ट्रिय परिचयपत्र वितरण गर्ने निर्णय गरेको भएपनि पुनः मंसिर ४ गतेसम्मलाई म्याद थप गरिएको हो ।