काठमाडौं । भोलिदेखि सुरु हुने नेपाल प्रिमियर लिग (एनपीएल)को दोस्रो संस्करणको तयारी पूरा भएको छ ।
विज्ञापन
नेपाली क्रिकेट संघ (क्यान)ले आज पत्रकार सम्मेलन एनपीएलको सम्पूर्ण तयारी पूरा भएको जानकारी गराएको हो ।
विज्ञापन
पहिलोपटक एनपीएल फ्लडलाइटमुनि हुन लागेको छ ।
एनपीएल दोस्रो संस्करणको विजेताले १ करोड १० लाख राशिको पुरस्कार पाउने छ। उपविजेताले ५१ लाख, तेस्रोले २५ लाख र चौथोले १५ पाउने छ ।